केपटाउन– तीन डिसेम्बर १९६७ को बिहान दक्षिण अफ्रिकाका लागि एक सामान्य बिहान थियो। तर, केपटाउनको ग्रुट शुर अस्पतालको अप्रेशन थिएटर टू ए मा इतिहास रचिदै थियो।
बिहान ६ बजेतिर प्रोफेसर क्रिस्टियन निथलिंग बर्नार्ड आफ्नो सर्जिकल मास्कका पछाडीबाट डेनिस डारवेलको मुटुको धड्कनमा नजर लगाइरहेका थिए।
डारलवेलको मुटुको धड्कन सामान्य भइरहेको थियो र निकै चाँडो मुटुले लय पकड्यो । तर एउटा कुरा बदलिएको थियो।
डारवेलको मुटु अब लुइस वशकांस्कीको छातिमा धड्किरहेको थियो। यसरी संसारको पहिलो मुटु प्रत्यारोपण सफल भएको थियो।
चिकित्सा इतिहासमा यो एउटा महत्वपूर्ण क्षण थियो। यो कामका लागि दुनियाँभरीबाट बाहबाही मिल्यो र बनार्ड रातारात सेलिब्रिटी बने।
अस्पतालमा संग्रहालय
जुन ठाउँमा पहिलो मुटु प्रत्यारोपण भएको थियो, त्यहाँ अहिले एउटा संग्रहालय छ।
द हार्ट अफ केप टाउन म्युजियमका संस्थापक हेनी जुबर्ट भन्छन्– 'यो एउटा संग्रहालय मात्रै होइन, ऐतिहासिक स्थल हो।
यो म्युजियम ग्रुट शुर अस्पतालभित्रै बनेको छ। यो अस्पताल के पटाउनको सवैभन्दा ठूलो अस्पतालमा एक हो।
ऐतिहासिक सम्पदा हुनुका साथसाथै यो धेरै व्यस्त अस्पताल हो र केप टाउन युनिभर्सिटीका चिकित्साका विद्यार्थीको पढाइको केन्द्र हो।
बर्नार्ड र उनको हृदय प्रत्यारोपणले जुबर्टलाइ निकै प्रभावित गरेको छ। उनका पिता र बर्नार्डले केप टाउन यूनिभर्सिटीमा सँगै अध्ययन गरेका थिए र मिल्ने साथी थिए।
बर्नार्ड सर्जरीको दुनियाँमा पुग्नुपहिले दुवै डाक्टर सानो सहरमा सेरेसमा सामान्य चिकित्सकीय अभ्यास गर्थे।
जुबर्टले सन् २००६ मा क्यान्सरका विषयमा रहेको आफ्नो व्यवसाय बेचे र सन् २००७ मा अप्रेसनको ४० वर्ष पूरा भएपछि संग्रहालयको सुरुवात गरेका थिए।
जुबर्टले यसमा आफ्नो ८० लाख रेन्ड ( करिब ४ लाख ४० हजार पाउन्ड) लगाएका छन्। पुरानो अप्रेसन थिएटरलाई त्यसको पुरानै झल्को आउनेगरी फेरि बनाए।
उनले यस घटनासँग जोडिएका यादहरु सम्झाउन थिएटरसँग जोडिएका सामान एककृत गरे।
यस संग्रहालयमा में बर्नार्डको सफलता दुनियाँभर भइरहेका मेडिकल रिसरचे र उक्त समयको होडबाजी समेत देखाइएको छ।
डाक्टरको होड
इतिहासमा नाम दर्ज गराउने कोशिस एक्लै बर्नार्डले गरेका थिएनन्। अमेरिकामा सन् १९५० र १९६०को दशकमा डा रिचर्ड र डा नमर्न सुम्वले कुकुरको मुटु प्रत्यारोपण सफल तुल्याएका थिए।
बर्नार्ड दक्षिण अफ्रीकामा 'रोगी' कुकुरमाथि रिसर्च गरिरहेका थिए र आफ्नो तरिका प्रयोग गरिरहेका थिए।
बर्नार्डको परीक्षण रंगभेदको चरम समयमा भइरहेको थियो। तर उनको ऐतिहासिक प्रत्यारोपण सफल बनाउन दक्षिण अफ्रिका अश्वेत र मिश्रित नस्ल भएका सहयोगीको उत्तिकै योगदान रह्यो।
हेमिल्टन नाकी नामका मान्छे जो पहले अस्पताल सफाईकर्मी थिए। उनी प्रगति गरेर डाक्टर बनार्डको प्रत्यारोपण टिकका महत्वपूर्ण सदस्य बने।
कति अर्थमा दक्षिण अफ्रिका यस्तो चिकित्सकीय सफलताका लागि असामान्य ठाउँ सन् १९६७ मा रंगभेदको कारण यो देशदुनियाँबाट अलग थियो।
मृत्युको परिभाषा
बर्नार्डको सफलता मृत्युको कानूनी व्याख्याकै क्रममा सम्भव भयो। दक्षिण अफ्रिकामा डाक्टर बिरामीको मृत्यु घोषणा गरेर उसको अंगदानको तयारी गर्न सक्थे तर अमेरिकामा मुटुको गति रोकिएपछि मात्रै बिरामीको मृत्यु भएको मानिन्थ्यो।
सुम्बेले यस परिभाषाको मजाक उडाएका थिए। र १९६८ मे मा आफ्नो पहिलो तर संसारको १६ औं पछि मात्रै डा लोअरमाथि हत्याको मुद्दा चलेको थियो।
डोनर ब्रुस टकरका परिवार पत्ता नलाग्दै डा लोअरले अप्रेसनका लागि उसको मुटु निकालिसकेका थिए।
टकरका परिवारलाई थाहा भएपछि उनीहरुले मुद्दा हालिदिए। १९७२मा डा लोअरलाई आरोपमुक्त गरियो। यसपछि अमेरिकामा मृत्युको कानूनी परिभाषा बदलियो।
कार एक्सिडेन्ट
संग्रहालयको सवैभन्दा लोकप्रिय ठाउँ ख्याति प्राप्त गर्न जुटेका शेधकर्ता र सर्जनको होइन, डेनिस डारबेलको बेडरुम हो।
२५ वर्षका यी बैंक क्लर्कको नाम नजानिदो तरिकाले इतिहासमा दर्ज भएको थियो।
सन् १९६७ डिसेम्बर २ का दिन ग्रुट सुर अस्पतालको नजिकै मुख्य सडकमा डेनिस र उनकी आमालाई एक कारले ठक्कर दिएको थियो।
दुर्घटनामा डेनिसकी आमा मार्टको तुरुन्तै मृत्यु भएको थियो। डेनिसको दिमागमा चोट लाग्यो र केही घन्टामै मृत्यु भयो।
म्युजियमा डारबेलको बेडरुमको ढोका उनका परिवारबाट प्राप्त चिजबिजले सजाइएको छ।यसमा उनको डायरीको स्केच र सानो बाइबल छ।
ढोकामा उनका पिताका भनाइ टांगिएका छन्। श्रीमती र छोरालाई गुमाएको केही घन्टामै डेनिसका पितासँग उनका छोराको मुटु एक बिरामीमा प्रत्यारोपण गर्ने अनुमति मागिएको थियो।
उनकै शब्दमा छ, 'ठीक छ डाक्टर, यदि तपाईं मेरो छोरालाई बचाउनुसक्नुहुन्न भने अर्कोलाई बचाउने कोशिस गर्नुहोस्।' उक्त बिरामी लुइस वशकांस्की थिए। उनको मुछु विस्तारै बन्दै हुँदै गइरहेको थियो। उनको बाँच्ने सम्भावना लगभग सकिन लागको थियो।
बर्नार्डको महत्वाकांक्षा
बर्नार्ड सहमत थिएनन्। यी युवा सर्जनको महत्वाकांक्षा उनको अफिस कोठामा सजिलै देखिन्छ।
उनको कोठाको ढोकामा उनको सफलताको यात्रा लेखिएको छ। अर्ध मरुभूमि सहर ब्युफोर्टदेखि उनको अमेरिकासम्मको कुरा उल्लेख छ।
२६ मिनेटको एक डक्युमेन्ट्रीमा पनि बर्नार्डका कति रहस्य भेटिन्छन्। एक होनहार सर्जन, तर एक यस्तो व्यक्ति जसले आफ्नो पूरै करियरमा बिबाद जन्माए।
म्युजियमको मुख्य ठाउँमा अप्रेसन थिएटर छ । जहाँ ऐतिहासिक प्रत्यारोपण भएको थियो।
अप्रेसनको रात
जुबर्टलाई अप्रेसन भएको रात थिएटरमा राखिएका सवै उपकरणको सिरियल नम्बर प्राप्त भयो। तर ती उपकरणलाई त्यहीँ ल्याउन सजिलो थिएन।
थिएटर टूबी को अपरेसन टेबल जहाँ डारवेल पल्टिएकी थिइन्। त्यसलाई नामीबियाको राजधानी विंडहन्कको रोमन क्याथोलिक अस्पताललाई दान गरिएको थियो।
जुबर्ट भन्छन्, 'मैले उक्त अस्पतालका प्रमुखलाई फोन गरें। उनलाई उक्त बेड केपटाउन लैजाने बताए।'
जुबर्टले उक्त अस्पताललाई नयाँ बेड दिए र असली फिर्ता ल्याए।
थिएटरका लाइट पनि बेचिएका थिए। एक स्थानीय पशु अस्पतालमा खोज्दा ती भेटिए।
थिएटर २एका असली हार्ट-लङ मेसिन जसको सहारमा वशकांस्की जिउँदा थिए, एक कुनामा थन्काइएको थियो। रगतको कमी नाप्ने मेसिन अस्पतालकै स्टोरमा पाए ।
यहाँ इतिहास लेखिएको छ
अपरेसन थिएटर बाहिरको करिडोरमा दुनियाँभरिबाट आएका टेलिग्राम र चिठ्ठी राखिएका छन्। शुम्बेले बर्नार्डलाई बधाई सन्देश दिएका थिए। अपरेसनपछि बिरामीको देखभालका विषयमा नमागेको सल्लाह समेत दिएका थिए।
तर सवै यो उपलब्धिको तारिफ गरिरहेका थिएनन्। शिकागोकी मेरी पावर स्लेटरीले बर्नार्डलाई ग्रुट शुर अस्पतालका कसाइ' लेखिएको थियो। एस. पेश्चेल नामकले उनको टिमलाई पिशाचको झुन्ड सम्बोधन गरेका छन्।
थिएटर टूबीको ढोकामा फिट गरेको सिसाभित्र काँचका दुवै क्युब छन्।
बायाँतर्फ फर्मल्डिहाइडभित्र लुइस वशकांस्कीको बिरामी मुटु राखिएको छ।
दायाँतर्फ डेनिस डारवेलको मुटु छ। जसले डाक्टर बर्नार्डको नाम विश्वभर फैलाएको थियो।
वशकांस्की प्रत्यारोपणपछि जम्मा १८ दिन जिउँदो रहे। दोहोरो निमोनियाका कारण उनकी मृत्यु भएको थियो।
बीबीसीबाट भावानुवाद