वर्षायाम सकिएर हिउँद सुरु हुन लागेसँगै मौसमी फ्लूका बिरामी बढ्दै गएका छन्। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागे शारीरिक र मानसिक रुपमा निकै कमजोर भइन्छ।
त्यसैले यसबाट निम्न उपायहरु अपनाऔं
- फ्लू लागेका व्यक्तिबाट टाढै बसौं
- आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बसौं
- घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगाऔं
- मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक प्रयोग नगरौं
- खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोपौं
- बेलाबेलामा साबुनपानीले हात धोऔं
- हातले आँखा नाक वा मुख छुने बानी त्यागौं
- तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनऔं
- प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाऔं
- गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गरौं
- सम्भव भएसम्म फ्लू विरुद्धको खोप लगाऔं