काठमाडौं– गत वर्षसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत ११२ वटा नर्सिङ कलेजले प्रमाणपत्र तह (पिसिएल) नर्सिङ अध्ययन गराउँदै आएका थिए।
तर, यस वर्ष भने ती ११२ वटा कलेजमध्ये जम्मा ४५ वटा कलेजले मात्र विद्यार्थी भर्नाका लागि सिट पाएका छन्। चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार आफ्नै एक सय शय्याको अस्पताल नभएका तथा मापदण्ड नपुगेका र आफ्नै अस्पताल भएर पनि स्नातक तहका कार्यक्रम चलाएका कारण मापदण्ड अनुसार शय्या नपुग्दा ६७ वटा कलेजले विद्यार्थी भर्नाका लागि सिट पाउन सकेनन्।
चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड नपुगेका कलेजको संख्या धेरै भएपछि लामो समयदेखि नर्सिङ भर्नाको कार्यक्रम नै अगाडि बढ्न सकेको थिएन। ऐन विपरित सबै नर्सिङ कलेजलाई विद्यार्थी भर्नाको अनुमति दिनुपर्ने खेल पनि सुरु भएको थियो। तर त्यसको विरोध भएपछि सिटिइभिटीले अन्ततः मापदण्ड पुगेका ४५ वटा कलेजलाई मात्र विद्यार्थी भर्नाका लागि सिट तोकेको छ।
तर देशका विभिन्न जिल्लामा रहेका यी ६७ कलेजले भने यो वर्ष भर्नाका लागि अनुमति पाउन सकेनन्।
यी हुन् भर्ना अनुमति नपाएका ६७ नर्सिङ कलेज
१. एड्भान्स स्टडीज अफ हेल्थ साइन्स, बुटवल, रुपन्देही।
२. आशा हस्पिटल, भरतपुर, चितवन ।
३. बिपी मेमोरियल हेल्थ इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर, काठमाडौं ।
४. बालकुमारी कलेज, नारायणगढ, चितवन ।
५. भेरी कलेज अफ मेडिकल साइन्स, गुलरिया, बर्दिया।
६. भेरी नर्सिङ कलेज, नेपालगञ्ज, बाँके।
७. बोस्टन एकेडेमी फर मेडिकल साइन्स, भरतपुर, चितवन।
८. केयर मेडिकल सेन्टर, जनकपुर, धनुषा।
९. चितवन एकेडेमी फर टेक्निकल एजुकेसन, भरतपुर, चितवन।
१०. दिपज्योती नर्सिङ क्याम्पस, घोराही, दाङ।
११. देउराली जनता प्राविधिक शिक्षालय, बुटवल, रुपन्देही।
१२. धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बागलुङ।
१३. इभरग्रिन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ साइन्स, वीरगञ्ज, पर्सा।
१४. फारवेस्ट टेक्निकल कलेज, धनगढी, कैलाली।
१५. फेवासिटी इन्स्टिच्युट अफ मेडिकल साइन्स, पोखरा, कास्की।
१६. फिस्टेल नर्सिङ क्याम्पस, पोखरा, कास्की।
१७. गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौं।
१८. हिमालयन मेडिकल एजुकेसन सोसाइटी, ग्वार्को, ललितपुर ।
१९. होलिभिजन टेक्निकल क्याम्पस, काठमाडौं।
२०. होप इन्टरनेसनल कलेज, सातदोबाटो, ललितपुर।
२१. इन्स्टिच्युट अफ मेडिकल टेक्नोलोजी, भरतपुर, चितवन।
२२. कञ्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्स, विर्तामोड, झापा ।
२३. कान्तिपुर एकेडेमि अफ हेल्थ साइन्स, तिनकुने, काठमाडौं।
२४. काठमाडौं इन्स्टिच्युट अफ टेक्निकल साइन्स, ललितपुर।
२५. काठमाडौं नर्सिङ कलेज, बसुन्धारा, काठमाडौं।
२६. ख्वप्प पोलिटेक्निक इन्स्टिच्युट, भक्तपुर।
२७. लहान सगरमाथा एजुकेसन एकेडेमी, लहान, सिरहा।
२८. लर्डबुद्ध कलेज, कोहलपुर बाँके।
२९. लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बुटवल, रुपन्देही।
३०. मदन भण्डारी मेमोरियल एकेडेमी नेपाल, उर्लाबारी, मोरङ।
३१. मध्यपश्चिम प्राविधिक शिक्षालय, नेपालगञ्ज, बाँके।
३२. मैयादेवी गर्लस् कलेज, चितवन।
३३. मकालु टेक्निकल कलेज, इनरुवा, सुनसरी।
३४. मौलाकालिका हेल्थ साइन्स कलेज, भरतपुर, चितवन।
३५. मायादेवी टेक्निकल कलेज, बुटवल, रुपन्देही।
३६. मेडीटेक इन्टरनेशनल एकेडेमी, बुटवल, रुपन्देही।
३७. नारायाणी मेडिकल एण्ड टेक्नोलोजी, हेटौंडा, मकवानपुर।
३८. नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्सेस्, कैलाली।
३९. नेपाल कलेज अफ नर्सिङ हेल्थ साइन्स, जनकपुर, धनुषा।
४०. नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौं।
४१. नेपाल सञ्जिवनी इन्स्टच्युट अफ हेल्थ साइन्स, दाङ।
४२. नेपाल टेक्निकल इन्स्टिच्युट, जनकपुर, धनुषा।
४३. नाइनटिङ्गेल नर्सिङ कलेज, ललितपुर।
४४. नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन, महाराजगञ्ज, काठमाडौं।
४५. ओएसिस मेडिकल कलेज, भरतपुर, चितवन।
४६. ओखलढुंगा स्कुल अफ हेल्थ साइन्स, ओखलढुंगा।
४७. ओम समाज शैक्षिक प्रतिष्ठान, काठमाडौं।
४८. अक्सब्रिज टेक्निकल कलेज, मनिग्राम, रुपन्देही।
४९. पद्मा हस्पिटल (पद्मा नर्सिङ कलेज), कैलाली।
५०. पद्मा नर्सिङ होम (स्कुल अफ नर्सिङ), पोखरा, कास्की।
५१. पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युट, इटहरी, सुनसरी।
५२. फुल्चोकी नर्सिङ क्याम्पस, काभ्रे।
५३. पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्टिच्युट, पोखरा, कास्की।
५४. सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस्, बुटवल, रुपन्देही।
५५. सेती महाकाली नर्सिङ क्याम्पस, महेन्द्रनगर, कञ्चनपुर।
५६. शैलेस्वारी फरवेस्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी, कैलाली।
५७. श्री मेडिकल एण्ड टेक्निकल कलेज, भरतपुर, चिवतन।
५८. शुभकामना टेक्निकल कलेज, रुपन्देही।
५९. सिन्धु सदाबाहार अस्पताल नर्सिङ कलेज सिन्धुपाल्चोक।
६०. सोजुङ हेल्थ एण्ड टेक्निकल एकेडेमी, डोटी ।
६१. सुर्खेत एजुकेसन डेपलभमेन्ट एकेडेमी, वीरेन्द्रनगर, सुर्खेत।
६२. द हिमाल इन्स्टिच्युट अफ हेल्थ एण्ड टेक्निकल साइन्स, वीरगञ्ज, पर्सा।
६३. टीकापुर नर्सिङ क्याम्पस, कैलाली।
६४. त्रिशुली मेडिकल कलेज, नुवाकोट।
६५. विनायक कलेज अफ हेल्थ साइन्स, काठमाडौं।
६६. मिथिला टेक्निकल एकेडेमी, जनकपुर, धनुषा।
६७. चक्रवती हबी एजुकेसन एकेडेमी, भक्तपुर।
यी हुन् अनुमति पाएका ४५ कलेज, कुन कलेजलाई कति सिट?