डाक्टर भीम (नाम परिवर्तन)लाई मैले गत वैशाखदेखि चिनेको हो। म साउथ इन्डियन नागरिक भएको हुँदा मैले मोरिसस कम्पनी अन्तर्गत रहेको मणिपाल अस्पतालको संचालकहरु संग कुरा मिलाउछु भन्ने मनसायले पोखरामा रहेको मणिपाल अस्पताल बिक्रिमा रहेको छ उक्त अस्पताल तपाई र म मिलेर खरिद गरौं तपाईं भारत गएर कुरा मिलाउनुहोस भनि भीमले भनेका थिए।
उनको कुरामा सहमत भई ९० प्रतिशत मेरो सेयर लगानी र १० प्रतिशत भीमको सेयर लगानी गर्ने र पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल खरिद गर्ने योजना बनाई सहमत भई ५० लाख रकम क्षतिपुर्ति पछि मुनाफाबाट हिसाब मिलाउने गरी हामी दुवै जना मिली २०७८ सालको भाद्र महिनामा काठमाडौं बानेश्वरस्थित क्लिनिक संचालन गरी बस्ने एक डाक्टरलाई दिएको हो।
पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल खरिद गर्ने प्रक्रियामा मैले भारतमा रहेका पार्टीहरु संग मौखिक कुरा गरेको हो कागजातहरु छैन। भीम र मबीच सेयर प्रतिशतमा भागबण्डामा कुरा नमिलेको हुँदा उनले म विरुद्धमा किटानी जाहेरी दिएको हो।
अर्का जाहेरवाला डाक्टर सिंह र म बिच पटक–पटक भेटघाट हुने र उनको घरमा समेत आउने जाने गर्ने गरेका थिए। आउने जाने क्रममा उनको श्रीमतीलाई मैले बहिनी समेत मानेको थिए। सोही क्रममा डाक्टर सिंह र म बिच बिजनेश गर्ने भन्ने सल्लाह भएको हो र सोही क्रममा मिलेनियम मेडिकल कम्पनी दर्ता गरी तपाईंलाई कम्पनीमा डाईरेक्टर बनाउछु दुईजनाको पार्टनरसिपमा कम्पनी चलाउँ भनि डाक्टर सिंह संग कुरा गरेको हो। उनीबाट मैले ३० लाख रकम र उनको सुनको गरहनाहरु लिएको छैन।
उनलाई मैले २०७६ सालको बैशाख महिनामा बैंकको लोनले घर लिलाम हुन्छ भनि मँ बाट रकम मागेको हुदा मैले ५ लाख दिएको थिए। २ महिनापछि मैले उनीबाट ३ लाख फिर्ता पाएँ। हामी बिच रकमको लेनदेन कारोबार भई नै रहन्थ्यो। सोही क्रममा बिभिन्न मितिमा उनले पनि म बाट रकम लाने र मैले समेत उनीबाट रकम लिने गर्थे। मैले जाहेरवालालाई विभिन्न मितिमा लिएको रकम र मैले दिएको रकम हिसाब गर्दा मैले जाहेरवालालाई ५ लाख ५० हजार रकम मात्र तिर्न बुझाउन बाँकी छ। जाहेरवालाले के कसरी फरक पारी म विरुद्धमा जाहेरी दिए यकिन भएन।
-(भारतीय नागरिक शिवम विरुमुथुले प्रहरीमा दिएको बयान)
यो पनि:
मणिपाल किन्ने साइत हेर्न पशुपति पुगेका डाक्टर यसरी ठगीए
मणिपाल अस्पतालमा 'पार्टनरसिप' दिलाउने प्रलोभन देखाई ५० लाख ठगी गर्ने विरुमुथु जेल चलान