आर्थ्रो= जोर्नी र स्कोपी = क्यामेरा वा दुर्बिनको साहाराले हेर्नु, त्यसैले क्यामेरा वा दुर्बिनको साहाराले सानो प्वाल पारेर जोर्नीको रोगको निदान तथा उपचार गर्ने पद्धतिलाई आर्थ्रोस्कोपी प्रविधि भनिन्छ। यसमा तलिम प्राप्त आर्थ्रोस्कोपिक सर्जनले पेन्सिल जत्रो भिडियो क्यामेरा जडित दुर्बिन जोर्निमा सानो प्वाल परेर छिराइ सम्पूर्ण जोर्नीको समस्या निदन गर्दछन् र उपचार गर्दछन्।
आर्थोस्कोपी प्रविधिबाट कुन कुन रोग वा समस्याको निदान तथा उपचार गर्न सम्भव छ?
यो प्रविधिद्वारा मानव शरीरमा भएका कुनै पनि जोर्निहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव भएता पनि घुँडाको र कुमको समस्याको उपचार नेपालमा मुख्यतय गरिन्छ। आर्थोस्कोपीक प्रविधि बाट उपचार हुने विभिन्न जोर्नीको मुख्य समस्याहरु यस प्रकार छन्:
घुँडाको जोर्नी:
- लिगामेन्ट (जस्तै: ए सि एल वा पि सि एल वा दुबै) च्यातिएर घुँडाले भर नपाउने भएमा
- मिनिस्कस अथवा कुर्कुरे हड्डी च्यातिएर दुख्ने वा अड्किने अवस्था भएमा
- जोर्नीको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
- जोर्नी भित्र अनावस्यक फोहोरहरु (जस्तै हड्डि वा कुर्कुरे हड्डिको टुक्रा वा बहिरबाट जोर्निमा अनावस्यक बस्तु छिरेमा) जम्मा भएको अवस्थामा
- फ्र्याक्चर वा चोट पटक लागेमा
कुमको जोर्नी:
- पटक-पटक कुमको जोर्नी खुस्किन्ने समस्या भएमा
- जोर्नीलाई चलाउने मांशपेशी च्यातिएर कुम चलाउन नमिल्ने अवस्था भएमा
- जोर्नी जाम हुने समस्या भएमा वा इम्पिन्जमेन्ट सिन्ड्रोम भएमा
- जोर्नीको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
- जोर्नी भित्र अनावस्यक फोहोरहरु (जस्तै हड्डि वा कुर्कुरे हड्डिको टुक्रा वा बहिरबाट जोर्निमा अनावस्यक बस्तु छिरेमा) जम्मा भएको अवस्थामा
कुहिनोको जोर्नी:
- जोर्नी जाम हुने वा अड्किने समस्या भएमा
- जोर्नी भित्र अनावस्यक फोहोरहरु (जस्तै हड्डि वा कुर्कुरे हड्डिको टुक्रा वा बहिरबाट जोर्निमा अनावस्यक बस्तु छिरेमा) जम्मा भएको अवस्थामा
- जोर्निको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
- फ्र्याक्चर वा चोट पटक लागेमा
नितम्ब को जोर्नि:
- जोर्नी भित्र अनावस्यक फोहोरहरु (जस्तै हड्डि वा कुर्कुरे हड्डिको टुक्रा वा बहिरबाट जोर्निमा अनावस्यक बस्तु छिरेमा) जम्मा भएको अवस्थामा
- जोर्नीको कुर्कुरे हड्डी च्यापिने वा फाटेर (फिमोरोएसिटाबुलर इम्पिन्जमेन्ट) जोर्नी दुख्ने भएमा
- जोर्नीको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
- जोर्नी अड्कने वा बज्ने समस्या (स्न्यापिङ हिप सिन्ड्रोम ) भएमा
खुट्टाको जोर्नी:
- जोर्नी भित्र अनावस्यक फोहोरहरु (जस्तै हड्डि वा कुर्कुरे हड्डिको टुक्रा वा बहिरबाट जोर्निमा अनावस्यक बस्तु छिरेमा) जम्मा भएको अवस्थामा
- जोर्नीको झिल्ली सुनिएको वा पाकेको अवस्थामा
- लिगामेन्ट च्यातिएर पटक-पटक एन्कल स्प्रैन भएमा
- जोर्नीको हड्डि वा कुर्कुरे हड्डी च्यापिने वा उप्किएर दुख्ने भएमा
नाडीको जोर्नी:
- लिगामेन्ट च्यातिएर आवाज आउने साथै नाडि दुख्ने भएमा
- कुर्कुरे हड्डी (टि एफ सि सि) च्यातिएर नाडि दुख्ने
- फ्र्याक्चर वा चोट पटक लागेमा
आर्थ्रोस्कपीक प्रविधिको फाइदाहरु के छन्?
दुर्बिनको साहारामा सानो प्वाल बनाइ उपचार गरिने भएकोले छालाको खत सानो हुनु, घाउ पाक्ने समस्या कम हुनु, र अस्पताल बसाइ छोटो हुनु यो प्रविधिको बिशेषता हुन्। साथै, सानो दुर्बिनको सहारामा गरिने उपचार भएकोले जोर्नीको सम्पूर्ण समस्या निदान तथा उपचार गर्न सकिन्छ।
आर्थोस्कोपी उपचार बिधी कती महँगो छ?
यो प्रविधि तालिम प्राप्त सिमित आर्थ्रोस्कोपिक स्पोर्ट्स सर्जनले गर्ने भएको र सानो प्वाल बनाइ दुर्बिनको सहाराले गर्ने भएकाले यो प्रविधि आफैंमा चिरफार गरेर गरिने बिधी भन्दा निकै महँगो हुन्छ। साथै, यसमा लाग्ने सामान (प्लेट स्क्रु तथा धागो) हरु अरुको तुलनामा महँगो पर्न जान्छ ।
- (डा राई आर्थ्रोस्कोपिक स्पोर्ट्स सर्जन् हुन्। उनी ब्लुक्रस अस्पताल त्रिपुरेस्वरमा कार्यरत छन्।)