हृदयाघातका केही लक्षणहरू यस्ता हुन्छन्
- छाती दुख्ने- छातीमा केहीले थिचेको जस्तो, गह्रौँ, छाती कस्सिएको जस्तो हुने
- शरीरका अरू भाग दुख्ने- छातीबाट अरूतिर दुखाइ सर्दै जानु खासगरी पाखुराहरूमा दुखाइ खासगरी बायाँ हात प्रभावित हुन्छ, तर दुवै पाखुरा पनि प्रभावित हुन सक्छ चिउँडो घाँटी पिठ्युँ र पेटमा दुखाइ
- रिँगटा लागेको जस्तो हुने
- पसिना आउने
- सास फेर्न गाह्रो हुने
- बिरामी जस्तो महसुस हुने वा बिरामी हुने
- तनाव धेरै बढेजस्तो हुने
- खोकी लाग्ने वा सास घ्यार्र घ्यार्र हुने
- छातीको दुखाइ धेरैजसो चर्को हुन्छ तर केही मानिसहरूमा त्यो दुखाइको मात्रा अपच भएका बेला जस्तो अलि कम महसुस हुन सक्छ, महिला र पुरुष दुवैमा हृदयाघातको सबभन्दा प्रमुख लक्षण छाती दुख्नु हो। महिलाहरूमा सास फेर्न गाह्रो हुने वा बान्ता आएजस्तो वा पिठ्युँ र चिउँडोमा दुखाइ महसुस हुन सक्छ।
स्रोत: एनएचएस