काठमाडौं– भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोना भाइरसविरूद्धको खोप कोभिशिल्ड बुस्टर डोजको मूल्य तोकेको छ।
शुक्रबार सेरमले भारतका लागि खोपको मूल्य तोकेको हो। सेरमका अनुसार भारतमा यस खोपको प्रतिडोज मूल्य ६०० भारु अर्थात् नेपाली रुपैयाँ ९६० तोकिएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयले यसअघि १८ वर्षभन्दा माथिका व्यक्तिले जुनसुकै निजी खोप केन्द्रमा अप्रिल १० गतेदेखि बुस्टर डोज लिन सक्ने जनाएको थियो।
मन्त्रालयका अनुसार दोस्रो डोजको लागि ९ महिना पूरा गरेका १८ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्र बुस्टर डोज पाउनेछन्।