निम्न लक्षणहरु देखिएमा आँखाको दृष्टि असामान्य भएको बुझनु पर्छ र तुरुन्त आँखा अस्पताल पठाउनु पर्छ।
- नयाँ ठाउँमा हिड्न कठिन हुनु वा हिड्दा यत्र तत्र ठोकिँदै हिड्नु।
- बस्तु छोएर वा छामेर पहिचान गर्न खोज्नु।
- बस्तुको चाल तथा आवाज सुनेर प्रतिक्रिया गर्नु।
- हिड्डुल गर्न कुनै साहारा वा कसैको सहायताको खोजि गर्नु।
- आँखा चिम्सो पारेर हेर्न खोज्नु र चर्को घाममा हेर्न मन नपराउनु।
- पढ्दा लेख्दा किताब कापी धेरै नजिक लिनु र मसिना अक्षर पढ्न कठिन हुनु।
- लेखपढ गर्दा वा केहि बस्तुहरु हेर्दा आँखा बारम्बार मिच्नु वा आँखा बन्द गर्न खोज्नु।
- चलिरहेको गुडिरहेको बस्तुहरुलाई हेरेर आँखाले पछ्याउन नसक्नु।
- आँखाको गेडी लगातार हल्लिरहनु।