काठमाडौं - पाठेघरको मुखको क्यान्सरको समस्या नेपालमा अझै पनि छ। यो क्यान्सर ह्युमन प्यापिलोमा नामक भाइरस संक्रमणको कारणले हुने गर्छ।
बेलैमा सचेत भएर परीक्षण गराए पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। तर हेलचक्र्याइँ गर्दा जटिल अवस्थामा पुगेपछि व्यक्तिको मृत्यु समेत हुन सक्छ।
पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ ? समयमै कसरी पत्ता लगाउने र कसरी बच्ने लगायत विषयमा हामीले महिला सम्बन्धी क्यान्सर रोग विशषेज्ञ एवं ल्याप्रोस्पकोपी गाइनोकोलोजिस्ट डा वीरेन्द्र भगतसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
पाठेघरको मुखको क्यान्सर कस्तो समस्या हो ?
– पाठेघर बच्चा बस्ने ठाउँ हो। पाठेघरको तीन भाग हुन्छ।
– सबैभन्दा तल्लो भागलाई पाठेघरको मुख भनिन्छ।
– विभिन्न कारणले पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ।
पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ?
– पाठेघर मुखको क्यान्सर ह्युमन प्यापिलोमा नामक भाइरसको कारणले हुन्छ।
– करिब ९९ प्रतिशत महिलामा ह्युमन प्यापिलोमा भाइरसको संक्रमणले पाठेघरको मुखको क्यान्सर हुन्छ।
पाठेघरको मुखको क्यान्सरको जोखिममा को बढी पर्छन् ?
– ह्युमन प्यापिलोमा भाइरसको संक्रमण कसलाई हुन्छ भन्ने मुख्य कुरा हो।
– ह्युमन प्यापिलोमा यौन सम्पर्कमा आइसकेको कुनै पनि व्यक्तिलाई हुन सक्ने भाइरल इन्फेक्सन हो। जुन पाठेघरको मुखमा बस्ने गर्छ।
– २१ वर्षभन्दा पहिले विवाह भएका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्छ।
– तीनभन्दा बढी सेक्स पार्टनर भएका महिलाहरुमा पनि पाठेघर मुखको क्यान्सरको जोखिम बढी हुन्छ।
– तीनभन्दा बढी सन्तान जन्माउने महिला पनि पाठेघरको मुखको क्यान्सरको जोखिममा पर्छन्।
– रोगसँग लड्ने क्षमता कम भएका, यौनकर्मी, यौनजन्य रोग संक्रमण हुने संभावना भएकी महिलाहरु पनि पाठेघरको मुखको क्यान्सरको जोखिम बढी हुन्छ।
– गरिबी, सरसफाईको कमी, वंशाणुगत कारणले पनि महिलाहरु पाठेघरको मुखको क्यान्सरको जोखिममा पर्छन्।
पाठेघरको मुखको क्यान्सरको लक्षणहरु के के हुन् ?
– सुरुवाती चरणमा पाठेघरको मुखको क्यान्सरको कुनै पनि लक्षणहरु नदेखिन सक्छ।
– क्यान्सर बढ्दै जाँदा महिनावारी गडबढी हुनु, बीच–बीचमा पनि रगत बग्नु, यौन सम्पर्कपछि रगत बग्नु, फोहोर गन्हाउने पानी बग्नु यसको लक्षणहरु हुन्।
– पाठेघरको मुखको क्यान्सर तेस्रो चौथौँ चरणमा पुगिसकेको भए बिरामीलाई पिसाब गर्न गाह्रो हुने, खुट्टा सुन्निने, लिभरमा संक्रमण फैलिन सक्ने लक्षण पनि देखिन्छन्।
पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमै पत्ता लगाउन सकिन्छ ?
– पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमै पत्ता लगाउन सकिन्छ।
– यो मात्र एउटा क्यान्सर हो, जसको कारण हामीलाई थाहा छ।
– ह्युमन प्यापिलोमा भाइरसको संक्रमण पत्ता लगाउन सक्यौ भने यसलाई समयमै निदान गर्न सक्छौ र उपचार पनि।
– पाठेघरको मुखको पानीको जाँच (प्याप स्मेयर) गरेर पाठेघरको मुखको क्यान्सर बारे थाहा पाउन सकिन्छ।
– प्याप स्मेयर गरेर क्यान्सर हुनुभन्दा अघिको अवस्था पनि थाहा पाउन सक्छौ।
– ३० वर्ष पुगिसकेको महिला र यौन सम्पर्क गरिसकेको तीन वर्षपछि प्याप स्मेयर गराउनुपर्छ।
पाठेघरको मुखको क्यान्सरको उपचार विधिहरु के के छन् ?
– पाठेघरको मुखको क्यान्सर यसको जटिलता र अवस्था अनुसार हुने गर्छ।
– पाठेघरको मुखको क्यान्सर सुरुवाती चरणमा छ भने हामी शल्यक्रिया गरेर ट्युमर निकाल्छौँ।
– अन्तिम चरणको क्यान्सरमा शल्यक्रियाबाट ट्युमर निकाल्न सकिदैन। त्यसको लागि किमो रेडियसन दिन्छौँ।
– किमो रेडियसनपछि ब्राकी थेरापी उपचार पद्दतिमा जान्छौँ।
पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया ल्याप्रोस्कोपीको माध्यमबाट पनि गर्नु हुन्छ हैन ?
– हो। सुरुवाती चरणको पाठेघरको मुखको क्यान्सर चिरेर र दूरबीनको माध्यमबाट पनि गर्न मिल्छ।
– ल्याप्रोस्कोपीमा दुई/तीन वटा साना प्वाल पारेर, औजार भित्र राखेर क्यामेराको सहायताले गरिने शल्यक्रिया हो।
– सुरुवाती चरणको पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया हामीले ल्याप्रोस्कोपीको माध्यमबाट सुरु पनि गरिसकेका छौँ।
पाठेघरको मुखको क्यान्सरबाट कसरी बच्न सकिन्छ ?
– पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने सबैभन्दा धेरै एक नम्बरको क्यान्सर हो।
– विकसित मुलुकमा पाठेघरको मुखको क्यान्सर चौथो पाँचौ नम्बरमा छ।
– गरिबी, सरसफाईको कमीका कारण पाठेघरको मुखको क्यान्सर हुन्छ। यो आर्थिक र सामाजिक पक्षसँग जोडिएको पनि छ।
– जोखिम समूहका महिलाहरुले सावधानी अपनाउनुपर्छ।
– छिटो विवाह नगर्ने, धेरै सन्तान नजन्माउने, मल्टिपल सेक्स पार्टनर नराख्ने गर्नु पनि यसबाट बच्न सकिन्छ।
– ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप लगाएर पनि पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।
– ह्युमन प्यापिलोमा भाइरस विरुद्धको खोप ९ देखि १३ वर्षको किशोरीले लगाउनुपर्छ।
– स्क्रिनिङ्ग गरेर रोग लाग्नुभन्दा पहिले नै पत्ता लगाउन सकिन्छ।
(भिडियो : निमेष जंग राई)