श्वासप्रश्वास सम्बन्धी समस्या बच्चामा देखिने स्वास्थ्य समस्यामध्ये प्रमुखमा पर्दछ। खोकी लाग्ने समस्या बच्चा अस्पताल जाने प्रमुख कारणमा पर्दछ। बच्चामा हुने छातीको संक्रमण (निमोनिया) बच्चाको मृत्युको प्रमुख कारण मध्ये पर्दछ। यसकारण श्वासप्रश्वासको समस्याको बारेमा जानकारी लिने र दिने कुरा एकदम महत्वपूर्ण देखिन्छ।
बच्चामा हुने श्वास-प्रश्वासका समस्यालाई छोटो समयमा देखिएको (एक्यूट) र दीर्घ समस्या (क्रोनिक) हिसावले वर्गिकरण गर्न सकिन्छ।
- एक्यूट समस्यामा:
रुघाखोकी प्रमुख समस्या हो। रुघाखोकी बच्चालाई घ्यारघ्यार हुने समस्या हुन सक्छ त्यसलाई ब्रोंकियोलाइटिस भनिन्छ। यो समस्या हुँदा बच्चालाई घ्यारघ्यार हुने, शास फेर्न गाह्रो हुने हुन्छ। धेरै जसो बच्चालाई सामान्य उपचारले निको भए पनि केही बच्चालाई अस्पताल भर्ना हुन पर्ने हुन सक्छ।
- निमोनिया: बच्चामा न्युमोनिया हुँदा ज्वरो आउने सास फेर्न गाह्रो हुने, छिटो छिटो सास फेर्ने समस्या हुन्छन्। हाल बच्चाहरूमा न्युमोनियाका विरुद्मा खोप लगाइ रहेको हुनाले केही कम भए पनि बच्चामा मृत्युको प्रमुख कारण मध्ये यो पर्दछ।
- दीर्घ समस्या: बच्चामा विभिन्न रोगले श्वास प्रश्वास सम्बन्धि दिर्घ समस्या हुन सक्छ।
- बच्चाको दम : बच्चामा देखिने दम लगभग १०% बच्चाहरूलाई रहेको तथ्याङ्क देखिएको छ। बार बार खोकी लागि रहने,श्वासप्रश्वासमा गाह्रो भइ रहने र घ्यारघ्यार भइरहने दमका लक्षण हुन्।
- खाना निल्न गाह्रो भएर हुने श्वास प्रश्वास सम्बन्धी समस्या : बच्चाहरूमा खाना निल्न गाह्रो भएर हुने श्वास-प्रश्वास सम्बन्धि समस्या पनि प्रमुख समस्यामा पर्दछ। जसलाई एस्पिरेशन न्युमोनिया भनिन्छ। दूध खाँदा सर्किने, बारबार न्यूमोनिया भइराख्ने समस्या यसमा पर्दछन्।
- निद्रा सम्बन्धी समस्याहरू: बच्चाहरूमा निद्रामा समस्या भएर श्वास प्रश्वासमा आउने समस्या एकदमै comman समस्यामा पर्दछ। राती सुत्दा घुर्ने, मुख खोलेर सास फेर्ने, अफ्ट्यारो गरेर सुत्ने यस समस्याका लक्षणहरू हुन्।
क्षयरोग र अन्य लामो संक्रमण
बच्चामा ज्वरो आईराख्ने,खोकी लागि रहने,तौल नबढ्ने क्षयरोगका लक्षण हुन्। समयमै निदान र उपचार नहुँदा बच्चाको ज्यान नै जान सक्छ।
निदानका उपायहरू
छिटो निदान र उपचारले छाती सम्बन्धी समस्याबाट हुने जटिलता कम गर्दछ। निदानको लागि विभिन्न टेस्ट (परिक्षण) गर्न सकिन्छ।
१.नियमित जाँच, एक्स-रे, रगतको जाँच इत्यादि
२.पल्मोनरी फंक्सन टेस्ट : बच्चामा गरिने विभिन्न पल्मोनरी फंक्सन टेस्टहरू श्वास सम्बन्धि रोगको निदानमा प्रयोग गर्न सकिन्छ। दमको निदानको लागि स्पाइरोमेट्रीको प्रयोग महत्वपूर्ण मानिन्छ। उपचार पश्चात मोनिटरिङको लागि पनि प्रयोग गर्न सकिन्छ।
३.ब्रोन्कोस्कोपी र बिएएल
४.निद्रा सम्बन्धि जाँच : सुत्दा घुर्ने,श्वास फेर्न गाह्रो हुने समस्यामा स्लिप स्टडी अर्थात् निद्रा सम्बन्धि जाँच गरिन्छ। यसको रोगको निदान र उपचारमा सहयोग गर्दछ।
पेडियाट्रिक ब्रोन्कोस्कोपी : आवश्यकता
दुरबिन जडित पाइपद्वारा श्वास नलि एवं फोक्सोको केही भागलाई भित्रबाट हेर्ने विधिलाई ब्रोन्कोस्कोपी भनिन्छ। बच्चाको नाक वा मुखबाट ब्रोन्कोस्कोपीलाई श्वास वलि एवं फोक्सोका केहि भाग हेर्ने विधि धेरै लामो समय देखिको श्वास प्रश्वास सम्बन्धि जाँच गर्न प्रयोग गरिंदै आइएको छ।
ब्रान्कोस्कोप भनेको के हो?
ब्रान्कोस्कोप सानो क्यामेरा जडित, दूरविन जडित पाइप हुन्छ। यी दुई प्रकारका हुन्छन्। रिगिड ब्रान्कोस्कोप र फ्लेक्जीबल ब्रान्कोस्कोप। रिगिड ब्रान्कोस्कोप गर्न बच्चालाई पुरै बेहोश गरि गरिन्छ। विभिन्न प्रकारका foreign body पहिचानमा यो उपचार विधि यो प्रयोग हुन्छ। फ्लेक्जीबल ब्रान्कोस्कोप बच्चालाई Deep sedaben को अवस्थामा गर्न सकिन्छ।
कुनकुन अवस्थामा ब्रोन्कोस्कोपी गर्न सकिन्छ?
बच्चालाई हुने लामो समयको श्वास प्रश्वास सम्बन्धि समस्यामा रोगको निदानको लागि ब्रोन्कोस्कोपी गर्न सकिन्छ। घ्यारघ्यार भई राख्ने, बारबार न्युमोनिया भईराख्ने, सास फेर्न गाह्रो हुने अवस्थामा ब्रोन्कोस्कोपी गरेर रोग निदानमा सहयोग मिल्छ। यसका साथै बच्चाको क्षयरोगको पहिचानमा पनि यसको प्रयोग गर्न सकिन्छ। खाने कुरा सर्की रहने समस्या, पल्मोनरीमा रक्तश्राव फोक्सोको कुनै भाग एकदम खुम्चिरहने समस्यामा पनि यो विधि प्रयोग गर्नु पर्ने हुन्छ। यी बाहेक सास नलीमा foreign body अड्किएको अवस्था देखी सास नली सानो भएर खुम्चिएको अवस्थामा पनि ब्रोन्कोस्कोपी गरेर उपचार गर्न सकिन्छ।
के यो जाँच सुरक्षित हुन्छ?
यो जाँच गर्दा बच्चालाई बेहोश बनाएर गर्नुपर्ने हुन्छ। दक्ष जनशक्तिले सहि तरिकाले गर्दा यो जाँच एकदमै सुरक्षित हुन्छ।
-उपचार पद्धति
विभिन्न औषधीको प्रयोग/ इनहेलेसन विधि बाट गरिने उपचार बच्चाको दम उपचारको प्रमुख विधि हो। सहि तरिकाले प्रयोग गर्न आवश्यक हुन्छ । यसरी प्रयोग नगर्दा औषधीको असर बहने हुन्छ एवं औषधीको साईड इफेक्ट पनि धेरै हुन्छ।
-समयमा निदान नगर्दा हुने समस्या एवं विशिष्टकृत स्वास्थ्यकर्मी (पेडियाट्रिक पल्मोनोलोजिस्ट) संग सेवा लिनु पर्ने कारण :
समयमा निदान नहुँदा बच्चाको वृद्धि विकासमा हुन्छ। बारबार सास फेर्दा गाह्रो हुँदा बच्चालाई बिस्तारै फोक्सो एवं मुटुमा असर हुन्छ। यसका साथै बच्चालाई कुनै पनि बेला गाह्रो भएर अस्पताल भर्ना गर्नुपर्ने ज्यानै समेत जाने हुन सक्छ।
-आमाबुवाले तुरुन्त अस्पताल जान पर्ने अवस्थाहरु:
बारबार सास फेर्न गाह्रो हुने, छिटो छिटो सास फेर्ने, तौल नबढ्ने, घ्यारघ्यार हुने समस्या भएमा विशेषज्ञलाई देखाउन पर्ने हुन्छ। यसरी देखाउँदा बालरोग विषय पश्चात बच्चाको पल्मोनोलोजी पढाई/ तालिम प्राप्त स्वास्थकर्मीबाट उपचार लिदाँ बच्चालाई फाईदा हुन्छ।