काठमाडौं- बलिउडका चर्चित अभिनेता शाहिद कपुरले धेरै सफल चलचित्रमा काम गरीसकेका छन्। ४१ वर्षीय कपुर निकै फिट र स्वस्थ छन्। पूर्ण शाकाहारी जीवन बाँचीरहेका उनले दैनिक रुपमा गर्ने क्रियाकलापको चर्चा गर्नेछौँ। उनी अमेरिकन लेखक ब्राइन हिन्सको ‘लाईफ इज फेयर’ भन्ने पुस्तक पढेर शाकाहारी भएका थिए।
उनी बेलाबेलामा गरेर दैनिक ५/ ६ पटक खाने कुरा खाईरहन्छन्। उनी घरमै श्रीमती मिराले बनाएको स्याण्डविच र सलाद खान मन पराउँछन्। दक्षिण भारतमा चर्चित खानेकुरा घिउ इड्ली पनि उनलाई निकै मन पर्छ। उनी केमिकल नभएको प्रोटिन सेक पनि खान्छन्। उनी धेरै फ्याट भएको खाना र मिठाईहरू खाँदैनन्। उनी आफ्नो खानामा पर्याप्त मात्रामा हरियो सागसब्जी र फलफूलहरू पनि समावेश गर्छन्।
उनी आफ्नो बिहान कार्डियो कसरतको साथ सुरु गर्छन् र केही बेर ट्रेडमिलमा केही दौडन्छन्। त्यसपछि उनले विभिन्न व्यायामका साथै उपकरणहरुको प्रयोग गरेर कसरत गर्छन्। उनी आफ्नो कसरत कहिल्यै छुटाउँदैनन्। आफ्नो व्यस्त तालिकामा पनि उनी हप्ताको ६ दिन कसरतको लागि समय छुट्याउँछन्। आईतबार भने उनी आराम गर्छन्। यस्ता विभिन्न प्रकारका व्यायामसँगै उनी योगा र नृत्य पनि गर्छन् साथै, पौडी पनि खेल्छन्।