केदारनाथको बाटोमा
टाढा त्यो उकालो भीरमा
डोकोमा मान्छे बोकेर
बढ्दै छ एउटा नेपाली दाइ
मैलो टोपी लगाएको
पातलो धोती लगाएको
छातीमा आगो बोकेको
छोरा त्यो हाम्रो नेपालको
घर त हाम्रो दार्चुला
महाकाली खोलाको पाखामा
बाबु त हाम्रो मरेको
खम्पाहरूको युद्धमा
आमा त हाम्रो खसेछिन्
यसपालिको भुइँचालोमा
भएको घर भत्केछ
बालीमा अनिकाल परेछ