काठमाडौं- यतिबेला दसैं–तिहार जस्ता ठूला चाडपर्वको समय छ। चाडपर्वमा सबैका भान्सामा अन्य समयको तुलनामा बढी नै चिल्लो, पिरो र गुलियो खानेकुरा पाक्ने गर्छ। यो बेला के खाने र कसरी खाने भन्ने विशेष ध्यान दिनु जरुरी हुन्छ।
ध्यान दिनुपर्ने कुराहरू
बासी, सडेगलेका र झिंगा भन्केका खानेकुरा नखाने
खानेकुरा राम्रोसँग पकाएर मात्र खाने
पकाएका खानेकुरालाई छोपेर राख्ने
चिल्लो एवम् बोसोयुक्त खानेकुरा कम खाने
गुलियो खानेकुरा, चिसो पेयपदार्थ तथा नुन कम मात्रामा खाने
पोषिलो, ताजा तथा स्वस्थ खानेकुरा जस्तै हरिया सागपात, फलफुल, अन्न, दाल तथा गेडागुडी, पशुपंछीजन्य तथा दुधजन्य खानेकुरा खाने
मदिरा सेवन नगर्ने
पाकेको र काँचो खानेकुरालाई छुट्टाछुट्टै भण्डार गर्ने
खाना पकाउन, खुवाउन र खान अघि साबुनपानीले मिचीमिची हात धुने