पोलिसिस्टिक ओभरी सिन्ड्रोम महिलाहरूमा हर्मोन गडबडीबाट हुने समस्या हो। जसले महिनावारी र गर्भधारणमा समस्या निम्त्याउँछ। पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) ५ देखि १० प्रतिशत महिलाहरुमा देखा पर्दछ। १० मध्ये एक जना महिलालाई पोलिसिस्टिक ओभरी सिन्ड्रोमले असर पर्ने गर्छ।
पोलिसिस्टिक ओभरी सिन्ड्रोममा देखापर्ने मुख्य समस्याहरु
–एन्ड्रोजन नामक हर्मोनको स्तरमा वृद्धि हुनु,
– अनियमित रुपमा महिनावारी हुनु वा महिनावारी नहुनु,
– अण्डाशयमा असंख्य साना सिस्ट उत्पादन हुनु ।
पिसिओएसले महिलाहरुको माहिनावारीमा थप समस्या ल्याउन सक्छ। धेरै जसोमा बाँझोपन समेत गराउँदछ।
पिसिओएसले शरीरमा इन्सुलिन प्रतिरोधी गराउँदछ र एण्ड्रोजन नाक हर्मोनको स्तरमा वृद्धि हुन्छ। मोटोपनले शरीरमा इन्सुलिनको स्तर बढाउँछ र पिसिओएसा लक्षणहरुलाई अझ जटिल बनाउँदछ।
लक्षणहरु
–अनियमित महिनावारी हुनु अर्थात मासिक भन्दा धेरै वा कम हुनु,
–अनुहार, पेट र पिठ्युमा अतिरित्त रौं पलाउनु,
–अत्याधिक कपाल झर्नु,
–अनुहारमा बारम्बार डन्डिफोर आउनु,
–शरीरको तौलमा वृद्धि हुन,
–गर्भधारणमा समस्या आउनु,
–मानसिक समस्या डिप्रेसन वा एन्जाइटी देखापर्नु,
–मधुमेहको जोखिम बढ्नु,
–यौन स्वास्थ्यमा समस्या आउनु।
प्रत्येक महिलामा पिसिओएसको संकेत र लक्षणहरु भिन्न हुन सक्छन् र यी लक्षणहरु महिलाको प्रजनन चक्रको आधारमा फरक हुन्छन्।
पिसिओएसको प्रमुख कारणहरु पत्ता लागेको छैन। पिसिओएसको कारणहरुमा इन्सिुलिन प्रतिरोधी, उच्च एन्ड्रोजेनको स्चर, अनियमित महिनावारी हुनु आदि तत्वहरुलाई कारक पनि मानिन्छ।
पिसिओएसको समस्याले कस्तो जटिलताहरु हुनसक्छ?
–बाँझोपन,
–गर्भाअवस्थामा मधुमेह,
–गर्भाअवस्थामा उच्च रत्तचाप,
–गर्भपात वा समय नपुगी बच्चा जन्मिने ।