बदलिँदो जीवनशैलीसँगै हाम्रो खानपान पनि परवर्तन हुँदैंछ। खानाको टेबलदेखि फास्टफुडसम्म सबैमा नुनै–नुन अत्यधिक पाइन्छ। यसकारण चर्को नुन खाने बानी हुन्छ मानिसहरुमा। तर, चर्को नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ। लामो र स्वस्थ जीवनका लागि नुनको कम सेवन नै उपयुक्त हुन्छ।
किन चाहिन्छ नुन हामीलाई?
नालाई अवशोषित गर्न नुनको आवश्यकता हुन्छ। नुनले मष्तिष्कको कोशिकाबाट एसिडिटीलाई बाहिर निकाल्छ। नुनविना मिर्गौलाले पनि ठीकसंग काम गर्न सक्दैन। नुनले तनाव र भावनात्मक समस्यामा पनि राहत दिन्छ। यसले ब्लड सुगको स्तरलाई कम गर्छ र डाइबिटिजबाट पीडित मानिसहरुलाई इन्सुलिनको आवश्यकता पनि कम पर्छ। साथै मांसपेशीलाई सुचारु गर्न पनि नुनको अहम् भूमिका हुन्छ।
रक्तचापमा फाइदा:
बेलायती पत्रिका डेली मेलमा प्रकाशित एक अनुसन्धानअनुसार रक्तचापको मामलामा नुनको भूमिका त्यति नोक्सानदायक हुँदैंन, जति हामी सोच्छौं। ८ हजार फ्रेन्चमा गरिएको एक अध्ययनका क्रममा उच्च रक्तचापका बिरामीको उमेर, रक्सी सेवनको दर, बडी मास इन्डेक्सलगायत स्तरमा अध्ययन गरिएको थियो। त्यसैअनुसार रक्तचापमा नुनको भूमिका नोक्सानदायी नभएको निष्कर्ष निकालिएको हो।
आयोडिनको भरपूर मात्रा
बढी नुनले असर गर्छ भने खानै छाड्नैचाहिँ गर्नुहुन्न। कस्तो नुन खाइएको छ भनेर पनि ध्यान दिनुपर्छ। डाक्टरहरुका अनुसार नुन आयोडिनयुक्त हुनु आवश्यक छ। आयोडिनको कमीले कण्ठरोग लाग्ने सम्भावना हुन्छ। आयोडिन बढी पाइन्छ भनेर नुन बढी पनि खानुहुन्न। आयोडिन आलू तथा हरिया सागसब्जीमा पनि पाइन्छ।
हृदयाघातबाट बचाउँछ
एक अध्ययनका क्रममा कम नुन खाने व्यक्तिमा बढी नुन खाने व्यक्तिको तुलनामा हृदयाघातको खतरा बढी रहेको पाइएको थियो। यो अध्ययन अमेरिकाको अमेरिकन अफ जनरल एशोसियसनले गरेको थियो। अकाल मृत्युलाई कम गर्न आजकाल बजारमा पाइने जंकफुडमा नुनको मात्रा बढी पाइन्छ। यस्ता खानाले स्ट्रोकको गम्भीर खतरा बढाउन सक्छ। विश्वमा बर्सेनि लाखौं मानिस हृदयरोग एवं स्ट्रोकका कारण मर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार दैनिक भोजमा नुन समावेश गर्ने हो भने विश्वमा हरेक वर्ष हुने २५ लाख अकाल मृत्युलाई कम गर्न सकिन्छ।
कति सेवन गर्ने नुन?
बढी नुन उच्च रक्तचाप र कम नुन न्युन रक्तचापको कारण बन्छ। कम या अधिक मात्रामा नुनको सेवनले मांसपेशीको ऐंठन हुन्छ। यसकारण नुन उचित मात्रामा सेवन गर्नु जरुरी हुन्छ। डब्लुएचओका अनुसार उच्च रक्तचापको शिकार भएका मानिसहरुले दैनिक बढीमा ३ चम्चाभन्दा बढी नुन खानु हुन्न।
वान्लीमाईहेल्थबाट