स्वस्थ खानेकुराले शरीरलाई धेरै फाईदा गर्छ। स्वस्थ खानाले मुटु, मधुमेह र क्यान्सरलगायतका रोगहरु समेत लाग्ने जोखिम कम गर्छ। स्वस्थ खाना खानको लागि केही सुझावहरु:
१. फाइबर र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाने
फाइबर बढी भएको खानाको परिमाण धेरै देखिए पनि क्यालोरी भने ज्यादै कम मात्र हुन्छ। यस्ता खानाले शरीरलाई फाईदा गर्छ।
२. पर्याप्त मात्रामा तरकारी र फलफुल खाने
यस्ता खानाले पाचन प्रक्रिया बलियो बनाउछ। फलफुल र हरियो तरकारी पर्याप्त मात्रामा खानाले विभिन्न रोगबाट बच्न सकिन्छ। जसकारण स्वस्थ जीवनयापन गर्न सहज हुन्छ।
३. माछा खाने
माछा प्रोटिन र धेरै प्रकारको भिटामिन र मिनारल्सको स्रोत हो। यसले शरीरलाई फाईदा पुर्याउछ।
४. स्याचुरेटेड फ्याट र सुगर कम गर्ने
स्याचुरेटेड फ्याटयुक्त खानाले कोलस्ट्रोर बढाउन सक्छ। यस्तो फ्याट पाईने खानेकुरा बटर, चिज, ससेज, केक, बिस्कुट र बोसोयुक्त मासु नखानु नै स्वस्थकर हुन्छ। चिनियुक्त खानेकुराले पनि तौल बढाउन सक्छ। त्यस्तै दाँतसम्बन्धी समस्याहरु पनि निम्त्याउन सक्छ।
५. नुन कम खाने
नुन धेरै खानाले उक्त रक्तचापको समस्या निम्तिन सक्छ। त्यसैले हरेक दिन कम्तिमा ६ ग्राम मात्रै खाने गर्नुपर्छ।
६. पर्याप्त मात्रामा पानी पिउने
हरेक दिन कम्तिमा ७ देखि ८ गिलास पानी पिउनु जरुरि हुन्छ। स्वस्थ रहन खानेकुरा संगै पानी पनि पर्याप्त मात्रामा पिउनाले शरीरलाई फाईदा गर्छ।
७. खाना खान नछाड्ने
केहि मानिसहरु तौल घटाउन खाना नखाने समेत गर्छन्। तर खाना छाड्नाले उल्टै विभिन्न शारीरिक समस्याहरु निम्तिरहेको हुन्छ। त्यसकारण तौल कम गर्ने बाहानामा खाना छाड्नु हानीकारक हुन्छ।