१) स्तनपान चैं
नि:शुल्क अमृतझैँ
शिशुका लागि।
२) बिगौती कस्तो ?
पहिलो खोपजस्तो
नठानौं सस्तो !
३) छ मैन्हासम्म
स्तनपान गराऔं
पूर्णरुपमा।
४) कम्तिमा पनि
दुई वर्षसम्म नै
होस् स्तनपान।
५) बच्चाका लागि
पूर्ण आहार नै हो
आमाको दूध।
६) सुनिश्चित् गरौं
स्तनपायी आमाको
पोषण स्वास्थ्य ।
७) खोजेकी हुन्छिन्
स्तनपायी आमाले
साथ सबैको।
-कपिल गौतम
बुटवल-११, कालिकानगर, रुपन्देही