अगष्टको पहिलो हप्ता स्तपान सप्ताह |
आमाको दूधको छ है महिमा अथाह ||
स्तनपान हो बच्चालाई अमृत समान |
यो कुरामा सबैले नै दिनुपर्छ ध्यान ||
शिशुको लागि पहिलो खोपजस्तो बिगौती |
नगरौ है भुलेर पनि खेर फाल्ने गल्ती ||
जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र |
छ महिनासम्म बच्चालाई स्तनपान मात्र ||
दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो |
बच्चाको बृद्धि विकासमा सोह्रै आना साँचो ||
बच्चाका लागि स्तनपानको छ धेरै महत्व |
पाउँछ उसले आवश्यक सबै पोषक तत्व ||
जरुरी छ जगाउन अझैं सचेतना ज्ञान |
गर्न स्तनपायी आमाको मान सम्मान ||
जुटौं सबै आपसमा मिलाई हातमा हात |
स्तनपायी आमालाई चाहिएको छ साथ ||
स्तनपानमैत्री बनाउन घर र कार्यस्थल |
प्रतिबद्ध भैं गरौं अब सामुहिक पहल ||
सार्थक पार्न स्तनपान सप्ताहको नारा |
सहकार्य गरौं मिली सरोकारवाला सारा ||
-कपिल गौतम
बुटवल-११, कालिकानगर, रुपन्देही