स्तनपान सप्ताह रे, अगस्ट पहिलो साता
त्यसैले त हामी पनि, गरौं यस्कै वात
शिशुलाइ पहिलो आहार हो रे भन्छन् यहि
शिशुलाइ त हुन्छ अरे, अमृत नै त्यहि ।
रोगवाट बचाउनलाई, वेगौती दुध राम्रो।
पोषक तत्व सबै मिल्छ, सुनौ कुरा हाम्रो
समय र मन्झटलाई, बँचाइ दिने हाम्रो
जन्मान्तरलाई टाढा राख्छ कुरा कति राम्रो ।
शारीरिक र मानशिक, विकास गर्छ यस्ले
देख्नु भोग्नु भा छ होला, चुसाउनुन्छ जस्ले
रूप विग्रन्छ दुध चुसाउदा, नचाइदो छ हल्ला
आत्मिएता बढछ त्यहाँ, दुध चुसाउदा वल्ल ।
शिशुलाइ पहिलो खोप र पहिलो नै हो आहार
दुध निकाल्न सुत्केरीलाइ गरौ राम्रो स्याहार
दुध धेरै आएपनि पुग्नै हो छ महिना
थप खाना शुरू गरौ, त्यस्ले पुग्ने छैन।
आमालाई पोषक युक्त, खाना बनाउनु
तनाव रहित बनाउनलाई सधै हँसाउनु
जति धेरै दुध चुसायो, त्यति आउछ वढि
कति मस्त हुन्छ बच्चा, दुध चुस्दाको घडि।
जन्मिएको एकघन्टामा दुध चुसाउनु पर्छ
त्यसकै कारण रगत वग्न निकै कम गर्छ
दुध चुसाउदा मिलाउनु, सम्पर्क र आसन
अब मैले कति गर्नु, धेरै लामो भाषण।