अटिजम रोग नभएर एक मानसिक समस्या हो। मस्तिष्कको अशक्तताको कारण यो समस्या देखिन्छ। मस्तिष्कको विकास हुँदै जाने क्रममा विभिन्न बिकारको कारण राम्रो र सही ढंगले मस्तिष्क विकास हुन सक्दैन भने यहि कारणले कुराकानी र व्यवहारमा देखिने समस्यालाई अटिजम भनिन्छ। खास गरेर यो समस्या बच्चाहरुमा देखिन्छ। यो समस्याबाट गुज्रिरहेका बालबालिकाहरु अलग्गै किसिमको व्यवहार गर्दछन। अटिजमको समस्या भएका बच्चाहरु अन्य बच्चा भन्दा फरक स्वभावका देखिन्छन्। यो समस्या खास गरेर १ देखि ५ वर्षका बच्चाहरुमा देखिन्छ भने जिन्दगीभर रहिरहन्छ।
संयुक्त राष्ट्र संघले सन् २००७ नोभेम्बर १८ का दिन अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसको रुपमा मनाउने घोषणा गरेको थियो। त्यस बेलादेखि नै अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसको रुपमा मनाईदै आइएको छ। निलो रंगलाई अटिजमको सुचक मानिन्छ। संसारमा हरेक १/१०० (सयमा एक जनालाई) अटिजमको समस्या भेटिने गरेको छ भने नेपालमा २५००००-३००००० ब्यक्तिहरुमा यो समस्या भएको र ६००००-९०००० ब्यक्ति सिकिस्त रुपमा ग्रसित भएको अनुमान गरिएको छ। यो समस्या केटीहरुमा भन्दा केटाहरुमा धेरै देखिने संभावना रहन्छ। अटिजम धेरै प्रकारका हुन्छ्न जुन अनुवांशिक र पर्यावरणिय प्रभावको संयोजनको कारण देखिन्छन्।
जब बच्चाको जन्म हुन्छ। तब बच्चाको आमा बुवालाई आफ्नो बच्चा अटिजमको सिकार भएको थाहा हुँदैन। तर बिस्तारै-बिस्तारै बच्चाहरुको उमेर बढ्दै जाँदा,जब बच्चाहरु राम्रो संग बोल्न सक्दैनन्,कुनै सवालको जवाफ दिन सक्दैनन्। एउटै कुरालाई पटक-पटक भन्ने, आँखा जुधाएर कुरा गर्न नसक्ने, नयाँ ब्यक्तिहरुलाई भेट्न/बोल्न डराउने आदि गर्न थाल्दछन, तब मात्र आमा बुवालाई आफ्नो बच्चा अटिजमबाट ग्रसित भएको थाहा हुन्छ। अटिजममा मस्तिष्कको विकास सहि ढंगले नहुनाले र यसबाट ग्रसित ब्यक्तिहरुमा छुट्टै खालको व्यवहार हुनेगर्छ र आफूले आफूलाई बाहिरी दुनियाँको सम्झन थाल्दछन्।
अटिजम भएकाहरुमा देखिने लक्षणहरु
१. अटिजमको समस्या खेपिरहेकाहरु मानसिक रुपमा अशक्त हुन्छन
२. यस्ता ब्यक्तिलाई बोल्न र सुन्नमा समस्या उत्पन्न हुन्छ
३. अटिजमबाट ग्रसितहरुलाई छारेरोगको समस्या पनि देखिन सक्छ
४. एक्लै खेलौनाहरुसँग खेल्न रुचाउने
५. सानो सानो कुरामा रिसाउने/निरास हुने/उदास देखिने
६. मनमा कुरा गुम्साउने/कसैलाई सेयर नगर्ने
७. संधै एउटै खालको व्यवहार गर्ने
८. पटक-पटक शब्दहरु दोहोराउनु,सुहाउँदो जवाफ नदिनु
९. मजाक गरेको/जिस्किएको नबुझ्नु
१०. ढिलो बोल्नु,भाषाको ज्ञान नहुनु
११. बच्चाको विकास धेरै सुस्त हुनु
१२. एक वर्षको उमेरमा पनि तोतेबोली नबोल्नु, हाउभाउ नगर्नु
१३. २ वर्षको हुँदा समेत २ शब्दको वाक्य बोल्न नसक्नु
अटिजम के-के कारणले हुन सक्दछ;
अनुसन्धानमा सक्रियहरुले आजसम्म अटिजम हुनुको,कारण यही हो भनेर पत्ता लगाउन सकेका छैनन। तर यी विविध कारणहरुले यो समस्या देखिन सक्छ।
१. गर्भावस्थाको समयमा केही बिरामी हुनु
२. बच्चाहरुलाई आवश्यक खोप नलगाउनु
३. कुनै मानसिक रोग लाग्नु
४. बच्चा अवस्थामा गम्भीर खालको चोटपटक वा दुर्घटना हुनु
५. मस्तिष्कको पूर्ण रुपमा विकास नहुनु
अटिजमको समस्या कसरी कम गर्न सकिन्छ
अटिजमको उपचारका लागि उपयुक्त उपचार विधि छैन। तर पनि केही यस्ता थेरापीहरु छन जस्ले अटिजमको प्रभावलाई केही हदसम्म कम गर्न सकिन्छ।
१. बिह्याबिअर तथा कम्युमिकेसन थेरापी:- यो थेरापीमा बच्चालाई अन्य ब्यक्तिहरुसँग कसरी कुराकानी गर्ने,कस्तो व्यवहार गर्ने भन्ने कुरा सिकाइन्छ। र आफूलाई समाजको नजरमा कस्तो बनाउने भन्ने कुरा पनि सिकाईन्छ।
२. एजुकेसन थेरापी :- अटिजमबाट प्रभावित बच्चाहरुलाई विशेषज्ञको समूहहरुले खास किसिमको शिक्षा दिने गर्दछ। जस्ले यो समस्या खेपीरहेका बच्चाहरुलाई समाजमा बस्नको लागि,जीवन यापन गर्नको लागि सक्षम बन्न मद्धत गर्दछ।
यदि तपाईंको बच्चाहरुमा पनि अटिजमको संकेतहरु देखिरहेका छन भने तपाईंले राम्रो पेडियाट्रीक न्युरोलोजिस्ट वा पेडियाट्रीक न्युरोलोजिस्ट रिह्याबिलिटेसन स्पेसियालिस्ट लाई देखाउनु पर्दछ।