बचाइ राख स्वास्थ्यकर्मी, काम लाग्लान् ढल्दा पनि,
रोवर्ट जस्तै खट्नैपर्छ, उनैको मन जल्दा पनि।
नेपालीकै बिपत्तिमा, पाइलाहरु चाल्दा पनि ,
समयको ख्यालै नभइ, आशाको दिप बाल्दा पनि।
घाँटी समाइ पिट्न थाले, बिना कारण अस्पतालमा
बिरामिकै निम्ति भनि, सारा जिबन फाल्दा पनि।
कोरोनाको कहर अनि, सारा जनलहर हुँदा
ती आँखाले देख्नेछन् , काम गर्दै गल्दा पनि।
स्वास्थ्यकर्मी मानिस नै हो, उसलाई पनि थकाइ लाग्छ,
अन्धो समाज के देख्थ्यो र मन मस्तिष्क जल्दा पनि।
केही छैन आशा अब, तिमीबाट लिने हाम्रो,
ढुक् ढुक् मुटु हुने पार्यौ, बेहोसी भै ढल्दा पनि।
समयको ख्यालै छैन, बिरामीको स्याहार गर्दै
मन्त्रीहरु मस्तमा छन, यता मुटु जल्दा पनि।
सुम्पिदैथेउ खुसीहरु , हस्पिटलका बेडबाट
ती आँखाले देख्नेछन् , काम गर्दै गल्दा पनि ।
ढुक् ढुक् मुटु हुने पार्यौ, बेहोसी भै ढल्दा पनि।
बिरामिकै निम्ति भनि, सारा जीवन फाल्दा पनि ।
समयको ख्यालै नभइ, आशाको दिप बाल्दा पनि।