यो देशमा,
मान्छे बचाउने रहरले
डाक्टर बन्न सहर पसेको मान्छेलाई
मान्छे चिन्न नसकेको मान्छेले
कुट्छन,भुट्छ्न,सुताउँछ्न!
यो देशमा,
कानुन छ
तर खै कसले जानुन् छ!
मान्छे आफूलाई गोर्खाली हुँ भन्छ
आफू सर्वशक्तिशाली छु भन्छ
उ सिंहदरबारमा आगो लगाउन सक्छ
प्रेमप्रसादलाई जीउँदै जलाउन सक्छ!
आखिर यो देशमा,
मान्छे जन्मन्छ, हुर्कन्छ, जप्छ
मेरो देश नेपाल
झस्किन्छ, अडिन्छ , धिक्कार्छ भन्छ
मलाई यो देशबाट निकाल