काठमाडौं- सन् २००३ मा रिलिज भएको ‘कोई मिल गया’ र सन् २००६ मा सार्वजनिक 'कृष'मा ऋतिक रोशनको बाल्यकालको भूमिकामा रहेका मिकी धमिजानी आँखाको चिकित्सक बनेका छन्। उनी आफैंले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएका हुन्।
उनले लेखेका छन्, 'मान्छेहरु अक्सर भन्छन्- मैले तपाईंलाई कहीँ देखेजस्तो लागेको छ। मैले जुनियर 'कृष'को भूमिका निभाएको थिएँ। उक्त फिल्ममा मलाई सुपर ट्यालेन्टेड कलाकारका साथ काम गर्ने मौका मिलेको थियो।'
उनले एक बाल कलाकारदेखि एक आँखाको सर्जन बन्ने समयसम्मको यात्रा निकै गजब रहेको बताएका छन्। अभिनयको समयमा भएको सिकाइले मेरो करियरमा प्रेरित गरिरहेको छ। अब म आँखाको उपचारमा सुपरहिरो बन्ने कोशिसमा हुनेछु। उनले 'घरवाली उपरवाली'बाट अभिनय सुरु गरेक थिए। झन्डै २०० विज्ञपानमा देखिएका थिए।