मुम्बइ- भारतीय रिलायन्स इन्ड्रस्टीजका मालिक मुकेश अम्बानी र नीता अम्बानीका छोरा अनन्त विवाहलाई लिएर चर्चामा छन्। शुक्रबार मात्रै विश्वका चर्चित सेलिब्रिटीलाई समेत निम्तो दिएर उनले राधिका मर्चेन्टसँग धुमधाम विवाह गरेका छन्।
विवाहको तस्विरमा उनको मोटोपन निकै बढेको देखिएको छ। केही समयअघि वजन घटाएका उनी फेरि अचाक्ली मोटाएको देखाएको छ। जसका कारण उनी आफ्नी जीवनसाथी राधिकाको तुलनामा निकै मोटो देखिएका छन्।
अनन्तको मोटोपन बारे उनकी आमा नीताले सन् २०१७ मा एक अन्तर्वार्तामा खुलाएकी थिइन्। उनी सानैदेखि मोटोपन र अस्थमासँग जुधिरहेका छन्। उनले भनेकी थिइन्, 'अस्थमासँग जुध्न उनले धेरै मात्रामा स्टेरोइड लिनपर्छ। जसका कारण एकपटक वजन घटाएपनि फेरि बढिहाल्छ।'
अनन्तले मोटोपन घटाउन जति कोशिस गरेपनि फेरि बढ्ने गरेकाले उनी मोटो देखिएको उनको भनाइ थियो।
यसअघि उनले १८ महिना लगाएर १०८ किलोसम्म वजन घटाएका थिए। उनले खानामा रुटिन फलो गरेका थिए। दिनमा ५ देखि ६ घन्टा वर्कआउट गरेका थिए। फिटनेस ट्रेनर विनोद चन्नाले उनलाई वजन घटाउन सघाएका थिए।
उनले खानपानमा प्रोसस्ड फुडसँग दूरी कायम गरेका थिए। डाइटमा जिरो सुगर, न्युन फ्याट र कार्ब र हाइ प्रोटिन फुड लिएका थिए। तर उनको अस्थमाले यो मेहनतलाई दीगो बनाउन सकेन। अहिले पनि उनी मोटो देखिएका छन्।