काठमाडौं- भारतीय अभिनेत्री जान्हवी कपुरलाई फुड पोइजनिङ भएपछि अस्पताल भर्ना गरिएको छ। उनका पित अभिनेता बोनी कपुरले जान्हवी अस्पतालमा भर्ना रहेको जानकारी दिएका हुन्।
उनले भने, 'अहिले अवस्था सुधारोन्मुख छ। एक-दुई दिनमा अस्पतालबाट डिस्चार्ज गरिनेछ।'
केही दिनदेखि विसञ्चो महशुस गरेकी उनी बिहिबार अस्पताल भर्ना भएकी हुन्। पछिल्लो हप्ता निकै व्यस्त भएका कारण खानपानमा अनुशासित हुन नपाउँदा उक्त समस्या आएको बताइएको छ। गर्मीमा अन्य समयमा भन्दा खानपानका कारण आउने समस्या बढी हुने चिकित्सकहरु बताउँछन्।