काठमाडौं- बलिउड अभिनेता शाहरुख खानले ५९ औं जन्मदिन मनाएका छन्। जन्मदिनका अवसरमा उनले शुभचिन्तकलाई चुरोट छाडेर उपहार दिएकझो बताएका छन्। उनको उक्त घोषणाको धेरैले प्रशंसकले स्वागत गरेका छन्।
उनी कुनैबेला चेन स्मोकरका रुपमा बदनाम थिए। आफैंले १०० वटासम्म दिनमै चुरोट पिएको बताएका थिए। उनले यो आदतका कारण कतिपल्ट आलोचना समेत बेहोरेका थिए।
उनले आफूलाई सास फुल्ने समस्या रहेको समेत उल्लेख गरेका छन्। उनले कुनैबेला छोरी सुहाना, छोरा आर्यन र अबरामका लागि चुरोट त्याग्ने बताएका थिए तर सकेका थिएनन्।
कुनैबेला उनले सार्वजनिक स्थलमा समेत चुरोट सेवन गर्दा जरिवाना तिर्नुपरेको थियो। सन् २०१२ मा टिम कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचोक क्रिकेट खेलका क्रममा उनले खुलेआम चुरोट लिएका थिए। जयपुरको अदालतले उनलाई दोषी ठहर गर्दै जरिवाना तिराएको थियो।