जाडोमा विशेष सावधानी अपनाउनुपर्छ। जाडोमा हुने समस्याका विषयमा रहेका अनेक भ्रम र गलत मान्यताका कारणले सावधानीको कमी हुन पुग्छ।
डा लोचन कार्कीसँग स्वास्थ्यखबरका लागि डिबी खड्काले जाडोसँगो जोडिएका स्वास्थ्य समस्या र सावधानी, भ्रम र यथार्थका वियषमा कुराकानी गरेका छन्।
भिडियो कुराकानीमा डा कार्कीसँग निम्न विषयमा केन्द्रित रहेर जिज्ञासाहरु राखिएको छ।
- 'चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ? वा लाग्दैन? के हो यथार्थ?
- आइसक्रिम, दूध, दही, घ्यु लगायतको सेवनले रुघा तथा फ्लु लाग्छ र लागिसकेको अवस्थामा बढाउँछन्? वा बढाउँदैन?
- कागती लगायत भिटामिन ‘सी’ पाइने खानेकुरा खाइरहे फ्लु तथा रुघाखोकी जस्ता समस्याले छुँदैन?
- मदिराले ठिक पार्छ भन्ने भ्रम
- भाइरस चिसोमा बढी सक्रिय हुन्छन्?
- चिसोमा रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ?
- रुघाखोकी र फ्लुमा फरक
- निमोनिया, दम तथा श्वासप्रश्वासका समस्या
- जाडो र ढाड, हाडजोर्नीको दुखाइ
- टन्सिल, खोकी र स्वर बस्ने
- जाडोमा हार्ट अट्याक
- चिसोबाट मृत्यु अर्थात् हाइपोथर्मिया
- चिसोमा आगो, ग्यास गिजर र कार्बनमोनोअक्साइड
यी विषयमा डा लोचन कार्कीले दिएको जानकारी हेरौं भिडियोमा