काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले मुख्य कच्चा पदार्थ र औषधिको गुणस्तरका विषयमा उत्पादकलाई औषधि व्यवस्था विभागको १० बुँदे निर्देशन दिएको छ।
साउन १८ को निर्णय अनुसार औषधि र कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्न अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। सूचना अनुसार औषधि उद्योग र पैठारीकर्ताहरुले अबदेखि कच्चा पदार्थको स्रोत, स्तर, गुणस्तर र औषधिको अन्य वैज्ञानिक पक्षहरूमा तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ।
विभागले औषधि उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थहरु (एपीआई) को गुणस्तरमा एकरूपता र पारदर्शिता कायम गर्न जीएमपी प्रमाणपत्रसहित अधिकतम तीनवटा स्रोतको विवरण पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। साथै,नन-फर्माकोपिकल एफीआईको हकमा उत्पादन अनुमति माग गर्दा एनालाइटिकल मेथड भ्यालिडेसनसहितको एपीआई मास्टर फाइल (एपीआईएमएफ) पेश गर्नुपर्ने बताइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा हालै प्रकाशित कार्यपत्र QAS/23.922/rev4 अनुसार अब ओरल लिक्युड प्रिपेरेसन मा डायथेलेन ग्लाइकल र इथाइलेन ग्लाइकल को परीक्षण अनिवार्य गरिएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारितालाई अझ मजबुत बनाउन उक्त निर्णय लिइएको बताएका छन्। विभागले सम्पूर्ण औषधि उत्पादक र पैठारीकर्तालाई यो निर्देशन पालना गर्न आग्रह गरिएको छ।
