काठमाडौं- नेपाली विद्यार्थी पढ्ने बंगलादेशका ३७ वटा मेडिकल कलेज कालोसूचीमा परेका छन्। बंगलादेशको शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, मेडिकल तथा डेन्टल काउन्सिलले अवैध रुपमा सञ्चालित, निलम्बनमा परेका र मेडिकल काउन्सिलले दर्ता बन्द गरेका मेडिकल कलेजहरुलाई कालोसूचीमा राखेको हो।
कालोसूचीमा परेका मेडिकल कलेजहरुको सूची बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सिलमा पठाएको छ। काउन्सिलले ती कलेजमा नेपाली विद्यार्थी पढ्न जान रोक लगाउने भएको छ।
दूतावासका अनुसार, एमबिबिएस र बिडिएस पढाइ हुने ती मेडिकल कलेजमा दुई सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।
काउन्सिल अध्यक्ष डा धर्मकान्त बाँस्कोटाले भर्ना निषेध गरिएका कलेजमा विगतमा दलालहरुले नेपाली विद्यार्थीलाई झुक्याएर पढ्न पठाउने गरेका थिए। ती कलेजहरु यसअघि पटकपटक विवादमा पर्दा नेपाली विद्यार्थी समस्यामा पर्ने गरेका थिए।
बाँस्कोटाले भर्ना रोकिएका कलेजमा दलालको आश्वासनमा परेर अध्ययनका लागि नजान विद्यार्थीसँग आग्रह गरे ।
दूतावासले पठाएको सूची अनुसार बंगलादेशमा भर्ना रोक्का गरिएका, अवैधानिक र दर्ता बन्द भएका कलेजहरु:
१. नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी, ढाका
२. केयर मेडिकल कलेज, इकबाल रोड, मोहम्मदपुर, ढाका
३. शाहबुद्धिन मेडिकल कलेज, गुल्सान, ढाका
४. आइची मेडिकल कलेज, अब्दुल्लापुर, ढाका
५. अब–डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरानीगन्ज, ढाका
६. सफेना डेन्टल कलेज, डिआइटी रोड, ढाका
७. नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर
८. सिटी मेडिकल कलेज, इटाहाटा, गाजिपुर
९. नाइटिङ्गेल मेडिकल कलेज, नाइटिङ्गेल पोइन्ट, अशुलिया
१०. बिजिसी ट्रस्ट मेडिकल कलेज, चित्तागोंग
११. जलालाबाद रागिब–रवैया मेडिकल कलेज, सिहालेट
१२. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग
१३. गानोसास्त्य समाज भित्तिक मेडिकल कलेज, सभार
१४. द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश
१५. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग
१६. आइबिएआइएस युनिभर्सिटी
१७. क्विन्स युनिभर्सिटी
१८. सिलहेट इन्टरनेसनल युनिभर्सिटी
१९. साउथर्न युनिभर्सिटी
२०. प्रिमियर युनिभर्सिटी
२१. ब्रिटानिया युनिभर्सिटी
२२. गोनो विश्वविद्यालय
२३. आशियान मेडिकल कलेज
२४. आइची मेडिकल कलेज, उत्तरा, ढाका
२५. बसुन्धरा एडडिन मेडिकल कलेज
२६. अब्दुल हमिद मेडिकल कलेज
२७. ब्रम्हानबरिया मेडिकल कलेज
२८. युनिभर्सल मेडिकल कलेज
२९. केयर मेडिकल कलेज
३०. पार्कभ्यु मेडिकल कलेज
३१. युएस बंगला मेडिकल कलेज
३२. चट्टाग्राम इन्टरनेसनल मेडिकल कलेज
३३. विक्रमपुर भुइयान मेडिकल कलेज
३४. मोनोआरा सिक्देर मेडिकल कलेज
३५. मेराइन सिटी मेडिकल कलेज
३६. शाह मक्धुम मेडिकल कलेज
३७. एचएमसिएच मेडिकल कलेज