बच्चा जन्मेको २८ दिनभित्र आँखामा पहेंलो पिपजस्तो कचेरा देखिनु, आँखा रातो हुनु तथा सुन्निनु नवजात शिशुमा आँखा पाक्ने रोगको लक्षण हो।
नवजात शिशुमा आँखा पाक्ने रोग के–के कारणले हुन्छ?
यौनजन्य संक्रमण भएका आमाबाट शिशु जन्मेमा,
असुरक्षित प्रसुति गराएमा,
प्रसुतिका क्रममा शिशुको आँखामा चोटपटक लागेमा,
नवजात शिशुमा अन्य कारणबाट संक्रमण भएमा, आदि।
रोकथाम तथा उपचार
नियमित गर्भावस्थाको परीक्षण, सुरक्षित प्रसुति तथा मातृशिशु स्वास्थ्य सेवा, प्रजनन् स्वास्थ्य शिक्षा, आँखामा एन्टिबायोटिक औषधिको प्रयोग आदिले नवजात शिशुमा हुने आँखा पाक्ने रोगको रोकथाम गर्न सकिन्छ।
यदि, कारणबस यस्तो समस्या देखिएमा यथाशीघ्र आँखा केन्द्र वा अस्पतालमा गई जाँच गरी उपचार गराउँदा बालबालिकाको दृष्टि क्षमता बचाउँन सकिन्छ।