जापानको सेन्डाइ सहरमा जन्मेकी डा रिका रिजाल काठमाडौंमा हुर्केकी हुन् । विद्यालयस्तरको पढाइ डिएभी स्कुल ललितपुरबाट पूरा गरेकी उनले उच्च माध्यामिक शिक्षा प्रसादी एकेडेमी, ललितपुरबाट हासिल गरिन्।
काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेकी डा रिजाल सोही कलेजको मेडिकल एजुकेसन विभागमा मेडिकल अधिकृतका रुपमा कार्यरत छिन् । लेखनमा रुची भएकी उनी कलेजबाट निस्किने म्यागजिन ‘सञ्जीवनी’की सम्पादक हुन्।
उनका बुबा किरणप्रसाद रिजाल पनि डाक्टर हुन् । बुबाको पथ पछ्याउन आफूलाई आमा निशा रिजाल र दाइ निश्चल रिजालले पनि हौसला दिएको उनी बताउँछिन् । घुम्नु, फोटो खिच्नु र नाच्नु उनको रुचीको विषय हो । डा रिजालले विशेषज्ञता भने इन्टरनल मेडिसिनमा गर्ने लक्ष्य लिएकी छिन्।



