काठमाडौं- मानव अंग प्रत्यारोपण केन्द्रका डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन्।
अस्पताल प्रशासनले बिनासूचना नर्सहरुलाई निष्कासन गरेको विरोधमा उनीहरुले आजबाट कालोपट्टी बाँधेर काम सुरु गरेका छन्।
अस्पतालमा कार्यरत अधिकांश कर्मचारीले आन्दोलनमा साथ दिएका छन्। अस्पताल प्रशासन स्वेच्छारी ढंगले चलेको, कर्मचारीको हितमा काम नगरेको, श्रम शोषण गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।
नर्समाथि भएको श्रम शोषणका विरुद्ध सबै एकजुट भएर अगाडि बढेको आन्दोलनरत नर्स तथा डाक्टरहरुले बताएका छन्।

यो विषयमा स्वास्थ्य मन्त्रालयले छानबिन गरिरहे पनि आन्दोलनरत नर्सहरुले छानबिन समितिको रिपोर्ट निष्पक्ष आउनेमा आशंका व्यक्त गर्न थालेका छन्। छानबिनका क्रममा केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठसँग लिइएको स्पष्टीकरणमा 4 क्षेत्रकै प्रतिनिधि नबोलाइएपछि आन्दोलनरत नर्सहरुले यस्तो आशंका गरेका हुन्।
शुक्रबार प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठसँग स्पष्टीकरण लिइएको छ। तर, 4 क्षेत्रबाट छानबिन सदस्य रहेकी नेपाल 4 एसोसिएसनकी अध्यक्ष गंगा थापा र मन्त्रालयकै 4 प्रशासक रोशनीलक्ष्मी तुईतुईलाई भने डा श्रेष्ठसँग स्पष्टीकरण लिने विषयमा जानकारी नै नदिइएको आन्दोलनरत पक्षले जनाएको छ। 4 प्रशासक तुईतुईले यसअघि पनि आफूले छानबिन गरेर प्रतिवेदन बुझाएकाले त्यही विषयमा पुनः गरिने छानबिनमा सहभागी नहुने बताएको बुझिएको छ।

संघकी कार्यवाहक अध्यक्ष थापाले भने जानकारी नपाएको बताइन्। उनले आफू अनुपस्थित रहेको बैठकको निर्णयमा हस्ताक्षर गराउन खोजिए पनि आफूले त्यसो नगर्ने बताएको खुलाइन्।
छानबिन समितिका संयोजक चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले भने केन्द्रका निर्देशक डा श्रेष्ठसँग स्पष्टीकरण लिने विषयमा सबै सदस्यलाई जानकारी दिएको बताए।
