काठमाडौं- सोमबारदेखि अनसनमा बसेका डा गोविन्द केसीले आफूलाई पक्राउ गरे जेलभित्रै अनसन बस्ने बताएका छन्।
सर्वोच्च अदालतको आदेशपछि प्रतिक्रिया दिँदै डा केसीले आफ्नो लडाइँ न्यायपालिका विरुद्ध नभई त्यहाँका भ्रष्ट व्यक्ति विरुद्ध भएको बताए।
'पक्राउ गरेर मलाई जेल लगे तीन करोड नेपालीका लागि हिरासतमै अनसन बस्छु, डा केसीले भने, 'न्यायालय र इमानदार न्यायाधीशलाई सम्मान गर्छु, तर भ्रष्टाचारी विरुद्ध लड्छु।'
अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
डा केसीले पक्राउ आदेशबाट आफू कत्ति पनि नडराएको उल्लेख गरेका छन्।