काठमाडौं– अदालतको अपहेलना मुद्दामा डा.गोविन्द केसीलाई पक्राउ गरी प्रहरी कार्यालय लगिएको छ।
शिक्षण अस्पतालबाट पक्राउपछि उनलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर प्रहरी कार्यालय लगिएको हो।
डा.केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशीको कमाण्डमा ठुलो संख्यामा प्रहरी शिक्षण अस्पताल पुगेको थियो। आईओएमको डिन नियुक्तिसम्बन्धि मुद्दामा डा.केसीले दिएको अभिव्यक्तिले अदालतको अपहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।