काठमाडौं- नेपाल चिकित्सक संघले डा गोविन्द केसीलाई रिहा गर्न माग राखेको छ । परिवर्तनका संवाहक एवं चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रका अभियन्ता अस्पतालबाटै पक्राउ परेकोप्रति दुःख व्यक्त गर्दै सकुशल रिहाइको माग गरिएको हो ।
संघकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'संघकाआजीवन सदस्य एवं त्रि।वि। शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द के।सी। अस्पताल परिसरभित्रबाटै प्रहरी हिरासतमा रहनु भएको समाचारले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ ।'
डा केसी चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसंगतिका विरुद्ध निरन्तर सत्याग्रहको माध्यमबाट लड्दै
आएको भन्दै उनकै कारण चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरुको सहज पहुँच, गुणस्तरीयता र जनसरोकारका बिषयमा उल्लेखनिय प्रगति हासिल भएको अवगत गराएको छ ।
महासचिव डा लोचन कार्की हस्ताक्षरित विज्ञप्तिमा यथाशिघ्र रिहाइका लागि सरोकारवालाको ध्यानाकर्षण गराइएको छ।