काठमाडौं– अदालतकाे मानहानी मुद्दामा पक्राउ परेका डा गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन्। डा केसीले बयानमा पनि आफ्नो अडान छोडेका छैनन्।
उनले वयानमा भनेका छन्, 'न्यायालयकाे अपमान गर्ने मेराे कुनै मनसाय छैन, तर यहाँकाे भ्रष्ट नेतृत्व र न्यायाधीश विरुद्ध मेरो लडाइँ हो। प्रधानन्यायाधीश गाेपाल पराजुलीले भ्रष्टाचार बढाउने काम गरे, त्यस विरुद्ध मेराे लडाइँ हाे। मैले विज्ञप्ति मार्फत न्यायालयकाे अालाेचना गरेकै छैन। भ्रष्टाचार विरुद्ध बोल्दा पक्राउ गर्ने कार्य किन गरियाे? अदालतकाे भ्रष्ट प्रवृत्तिविरुद्ध मेराे लडाइँ हाे, म त्यसमा अडिक छु।'
यो पनि पढौं :