काठमाडौं– डा गोविन्द केसीले स्वास्थ्य र चिकित्सा क्षेत्रमा भएको सर्वाेच्च अदालतको आदेशले माफियाहरुले प्रश्रय पाएको बताएका छन्।
अदालतको अवहेलना सम्बन्धी मुद्दामा मंगलबार सर्वाेच्चले सोधेका १४ प्रश्नको जवाफ दिँदै डा केसीले त्यस्ता फैसलाले सुधारको साटो विकृति आउने देखेर प्रेस विज्ञप्ति जारी गरी अनसन बसेको बताएका छन्।
‘यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलवाड भइरहेकाले त्यस्तो न्यायाधीश विरुद्ध लड्नु मेरो कर्तव्य हो,’ केसीको बयानमा उल्लेख छ, ‘मेरो भनाइ गलत निर्णय दिने न्यायाधीश विरुद्ध हो, न्यायलय विरुद्ध होइन।’
यस्ता छ केही प्रश्न र जवाफ:







