काठमाडौं- अदालतको अवहेलना मुद्दा खेपिरहेका डा गोविन्द केसी वीर अस्पतालबाट सर्वोच्च अदालत आइपुगेका छन्। बुधबार हुने बहसका लागि डा केसी अदालत उपस्थित भएका हुन्।
डा केसी विरुद्धको मुद्दामा आज बहस हुँदैछ। प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध सोमबारदेखि अनसन सुरु गरेका डा केसीलाई अदालतको मानहानी मुद्दामा सोमबार साँझ नै पक्राउ गरिएको थियो।
स्वास्थ्य अवस्था खस्किएपछि डा केसीलाई सर्वोच्चले बयान लिइसकेपछि मंगलबार वीर अस्पताल भर्ना गरिएको थियो।
डा केसी सर्वोच्चमा आउँदाका यी तस्बिर


