काठमाडौं– अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा.गोविन्द केसीलाई सर्वाेच्च अदालतले तारेखमा छाड्ने आदेश दिएको छ। थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले तारेखमा छाड्ने आदेश दिएको हो।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमको डिन नियुक्तिसम्बन्धि अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिएको भन्दै डा.केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो। मंगलबार उनको अदालतमा बयान भएकोमा बुधबार दुवै पक्षका अधिवक्ताहरुले बहस गरेका थिए।


स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।