काठमाडौं- संघीय संरचना अनुसार प्रदेशमा अब ‘शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय’ रहने छ। सात वटा प्रदेशमा रहने यो मन्त्रालयमा स्वास्थ्यका ४ र शिक्षाका ३ जना सचिव हुनेछन्।
सामान्य प्रशासन मन्त्रालयले यी मन्त्रालयमा सचिव नियुक्तीका लागि योग्य सहसचिवको नाम माग गरेको छ। सोही अनुसार स्वास्थ्य मन्त्रालयले प्रदेश मन्त्रालयको सचिव बन्न इच्छुक सहसचिवको आवेदन माग गरेको थियो। मन्त्रालयले तीन दिनको समय दिएर ११ औं तहमा कार्यरत सहसचिवलाई निवदेन हाल्न पुष १७ गते सार्वजनिक सूचना जारी गरेको थियो।
सोही अनुसार स्वास्थ्य मन्त्रालय माताहतका कार्यलयमा कार्यरत १२ सहसचिवले प्रदेश सचिवका लागि निवेदन दिएको मन्त्रालयका उपसचिव बाबुराम खनालले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी प्रदेश तीनमा निवेदन परेको छ भने प्रदेश ६ मा कसैको पनि निवेदन परेको छैन।
उनका अनुसार प्रदेश ३ मा ५ जनाको निवेदन परेको छ। प्रदेश ४ र ५ र ७ मा भने एक एक जनाको निवेदन परेको छ।
यी हुन् प्रदेश मन्त्रालयमा सचिवका लागि निवेदन दिनेहरु
प्रदेश १
डा रोशन पोखरेल । उनी कोशी अञ्चल अस्पतालका प्रमुख हुन् ।
डा पिताम्बर ठाकुर । उनी मेची अञ्चल अस्पतालका प्रमुख हुन् ।
प्रदेश २
डा सञ्जय ठाकुर । उनी वीर अस्पतालमा कार्यरत छन् ।
डा रामपरीक्षण यादव । उनी जनकपुर अञ्चल अस्पतालका मेसु हुन् ।
प्रदेश ३
डा दिपेन्द्ररमण सिंह । उनी स्वास्थ्य मन्त्रालयमा कार्यरत छन्।
डा दिनेश चापागाइ । उनी जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख हुन्।
डा खिमबहादुर खड्का । उनी जिल्ला जनस्वाथ्य कार्यालय बाँकेका प्रमुख हुन्।
डा विनोदकुमार गिरी
डा रुद्र मरासिनी । उनी भरतपुर अस्पतालका मेसु हुन्।
प्रदेश ४
डा रुद्र मरासिनी । उनी भरतपुर अस्पतालका मेसु हुन्।
प्रदेश ५
डा अनन्त कुमार शर्मा । उनी परासी अस्पतालका प्रमुख हुन्।
प्रदेश ६ : निवेदन परेन
प्रदेश ७
रिता भण्डारी जोसी । उनी मध्यपश्चिम क्षेत्रिय स्वास्थ्य कार्यालयमा कार्यरत छिन्।