आधुनिक समयमा विज्ञानले गरेका खोज तथा प्रगतिले विभिन्न सरुवा रोगहरु जस्तै प्लेग, क्षयरोग, झाडापखाला, निमोनिया आदिको महामारी कम भएको छ। तर नसर्ने रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, क्यान्सर, ह्दयाघात, मस्तिस्कघात, अम्लपित्त, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपना, मोटोपना आदिको बिगबिगि छ। 11 संगठनको तथ्याङ्कका अनुसार अहिले सर्ने रोगभन्दा नसर्ने रोगहरुबाट मृत्यु हुनेको सङ्ख्या बढी छ।
यी नसर्ने रोगहरु एउटा मात्र कारणले नभइ धेरै कारणहरुको संयुक्त प्रभावबाट हुन्छन्। यी कारणहरुमा अस्वस्थकर खानपान, शारीरिक व्यायामको कमी, तनाव, जाँडरक्सी सेवन, धूम्रपान जस्ता कुराहरु पर्दछन्। यसका लागि एउटा ट्याबलेट वा क्याप्सुल दिएर मात्र रोगको नियन्त्रण तथा उपचार हुन सक्दैन। जसका लागि समग्र जीवनपद्द्तिलाई नै स्वस्थ्यकर बनाउनु आवश्यक छ। यो समग्र स्वस्थ्यकर जीवनपद्दति भनेको योगमा आधारित जीवनपद्द्ति हो।
योगले आनन्दमा आधारित जीउने कला सिकाउँछ, जसबाट जीवनलाई बुझ्न तथा आफूलार्इ परिवर्तन गरी नसर्ने रोगबाट मुक्त हुन सकिन्छ। योगमा आधारित 18मा यौगिक परामर्श, कर्मफलविनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वस्थ्यकर भोजन, तनाव व्यवस्थापन जस्ता कुराहरु पर्दछन्।
यस्तै योगमा आधारित 18 परिवर्तन गरी अमेरिकी चिकित्सक डिन अर्नेसले लामो अध्ययन पछि रिभर्सल हार्ट प्रोग्राम प्रयोगमा ल्याएका छन्।
उनको ५ बर्षको अध्ययनले कोरोनरि हार्ट डिजिजको विना औषधि तथा विना शल्यक्रिया नियन्त्रण मात्र होइन निर्मुल नै पार्न सकिन्छ भन्ने पुष्टि गर्दछ।
त्यस्तै उनको अध्ययनले यौगिक जीवनपद्द्तिबाट प्रोस्टेट क्यान्सरमा वंशाणुगत कारणहरु नै परिवर्तन हुन सक्छन भन्ने देखाएको छ। साथै योगमा आधारित 18 बाट मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयदयघात, मस्तिस्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपना, मोटोपना जस्ता रोगहरुमा फाइदा पुग्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेका छन्।
विकसित देशहरुमा योगमा आधारित 18 परिवर्तनलाई मिलाएर लाइफस्टाइल मेडिसिन भनेर छुट्टै विधाको समेत विकास भएको पाइन्छ ।
योग भनेको आफूभित्रका विभिन्न क्रियाहरुलाई स्वस्थ राख्दै मनको नियन्त्रणद्वारा उच्चतम चेतनाको विकास गर्न सहयोग गर्ने विधा हो। यो समग्र दर्शन, चिकित्सा र उच्चतम चेतनाको विकासको माध्यम पनि हो।
योग भित्रका आसन, प्राणायाम, ध्यान, क्रिया, भजन, कीर्तन, नृत्य,मनन, सेवा आदिलाई चिकित्साको रुपमा नसर्ने रोगहरुको नियन्त्रण तथा व्यवस्थापन गर्न प्रयोग गरिन्छ।
योग चिकित्सा मुख्य रुपमा शरीर तथा मनका विभिन्न अभ्यासबाट विश्रामको गहिरो अवस्थामा पुर्याउने चिकित्सा हो।
यसबाट हामीभित्र भएका संस्कार तथा विभिन्न नसर्ने रोगहरु व्यवस्थापन गर्न सकिन्छ।
आजकाल पेट हल्लाउनु, शरीर भाच्नु, छिटो-छिटो सास फेर्नु, कुनै पहेलो वा सेतो बस्त्रधारी व्यक्तिको पछि लाग्दैमा सबै रोग समाप्त हुन्छन् भन्ने भ्रम पनि पाइन्छ। सबै रोग योगबाट ठिक हुन्छ भन्ने छैन। प्रमुख रुपमा योगबाट नसर्ने रोगको मात्र नियन्त्रण तथा व्यवस्थापन गर्न सकिन्छ। त्यस्तै चिकित्साको केही ज्ञान नभएका योग सिकेका जनसक्ति पनि योग थेरापिस्ट को रुपमा अगाडि आएको देखिन्छ जुन गलत पनि छ। सम्बन्धित विशेषज्ञले मात्र योगको उपचार गर्नुपर्दछ। योग भनेको समग्र शारीरिक, मानसिक, सामाजिक, अध्यात्मिक पक्षहरुको पूर्ण विकास गरी चेतनाको अधिकतम विकास गर्दै सधै आनन्दमा डुब्न सिकाउने बिधा हो।
नसर्ने रोगको प्रमुख कारणमा मनमा हुने तनाव वा अत्यधिक वेग हो। यसबाट मस्तिष्कमा भएको भावनात्मक केन्द्र, लिम्बिक कर्टेक्समा असर पर्दछ। त्यसपछि हाइपोथालामस हुँदै पिट्टिट्युरी ग्लान्डमा असर पर्दछ। यसबाट एड्रिनोकर्टिकोट्रोपिक हर्मोन प्रचुर मात्रामा निस्कन्छ । फलस्वरुप स्ट्रेस हर्मोन, कर्टिसलको मात्रा बढ्छ। यो संगै क्रोनिक इन्फ्लामेसन बढ्न गई नसर्ने रोगहरु जस्तै क्रोनरी हार्ट डिजिज, मधुमेह, मोटोपन, उच्च रक्तचाप, क्यान्सर, अनिद्रा, बुढ्यौलीपन आदि उत्पन्न हुन्छन्।
नसर्ने रोगको नियन्त्रण तथा उपचारमा योग चिकित्साले निम्न तरिकाहरुबाट फाईदा पुर्याउँछः
१. सक्रियता र विश्रामको चक्रिय प्रयोग
सक्रियताको समयमा स्यामप्याथेटिक नर्भस सिस्टमको काममा वृध्दि हुन्छ भने विश्राममा पारास्यामप्याथेटिक नर्भस सिस्टम सक्रिय रहन्छ। अत्यधिक तनावले मानिसको शरीर अनुसार यिनीहरुको घट्ने, बढ्ने वा असन्तुलन भई नसर्ने रोग लाग्दछ। यी दुवै प्रणालीको अत्याधिक सक्रियताबाट मुटुरोग, डर, मधुमेह, अनिद्रा, कोरोनरी हार्ट डिजिज, वाथरोग, उच्च रक्तचाप जस्ता रोग तथा पेटको अल्सर, दम, बारम्बार रुघाखोकी उत्पन्न हुने हुन्छ।
यी दुबैको सन्तुलनबाट मात्र स्वास्थ्य प्राप्त हुन्छ। जब सक्रियता र विश्रामलाई पटक–पटक दोहोर्याइन्छ तब दुबैको सन्तुलन हुन्छ। यसबाट शरिरमा प्राणको सन्तुलन भइ रोग लाग्नबाट बच्न सकिन्छ l भागवत् गीतामा भनिएअनुसार ‘समत्वम् योग उच्यते’को अवस्था पनि यी दुबैको सन्तुलनबाट मात्र प्रप्त हुन्छ। यसबाट नसर्ने रोग हुने नदिन तथा भइसकेको अवस्थामा उचित व्यवस्थापन गर्न सहयोग पुग्दछl
२. मनको प्रशमन
अधिकांश नसर्ने रोगमा मनको प्रभाव रहन्छ। मन भनेको विचारहरुको संग्रह हो। मनको अत्याधिक वेगले शरीरभित्रको प्राणको सञ्चालन विग्रिन्छ। जुन ठाउँमा प्राण/भाइटल इनर्जी बढी वा कम हुन्छ त्यो ठाउँमा रोग उत्पन्न हुन्छ। त्यसैले नसर्ने रोगको बिगबिगी रोक्न मनको नियन्त्रण हुनुपर्दछ। किनकि शरीरलाई नियन्त्रण गर्ने साधन नै मन हो। योग वशिष्ठका अनुसार मनको प्रशमन गर्ने उपाय नै योग हो। जब मनको शमन हुन्छ तब हामी आफ्नो स्वरुप "सत् चित् र आनन्द"मा हुन्छौ। यहि नै योगको परम् उद्देश्य हो। यो नै 11 संगठनले परिभाषित गरेको स्वस्थ हुनु हो ।सधै होशमा र आनदमा रहने अभ्यासपछि जीवन सन्तुलित हुन्छ। साथै शरीरमा होमियोस्टासिस कायम हुन्छ। त्यस्तै गहिरो विश्रान्तीसँगै अटोनेमिक नर्भस सिस्टम र इन्डोक्राइन सिस्टममा सन्तुलन भइ स्वस्थ हुन सकिन्छ। यसका लागि आसन, प्राणायाम, धारणा, ध्यान, भक्ति, सेवा आदि प्रयोग गरिन्छ। यसबाट नसर्ने रोगबाट मुक्ति पाउन सकिन्छ। त्यस्तै यसबाट क्रोनिक इन्फ्लामेसन कम भइ धेरै नसर्ने रोगहरु कम हुन्छन्।
३. आनन्दको विश्लेषण
हामी सबै आनन्दबाट निर्मित हुन्छौ। सधै आनन्द खोज्दछौं। यसका लागि के ले खुशी/ आनन्द दिन्छ भनि खोजि हिड्दछौ। अनि नया नया खुशी हुन सकिने तरिका खोजी गर्दछौ जुन अन्त्यहीन यात्रा बन्छ। यसबाट कहिल्यै पनि आनन्द र खुशी मिल्दैन। के ले खुशी दिन्छ भन्नुका सट्टा खुशी के हो भनेर खोज्न सिकाउनु आनन्दको विश्लेषण हो। जब मनको शमन हुन्छ तव मात्र वास्तविक शान्ति र खुशी प्राप्त हुन्छ l मन शान्त हुदा शरीरमा इन्डोर्फिंन् तथा अक्सिटोसिन निस्किन्छ र गहिरो विश्राम उत्पन्न भइ उपचारको काम गर्छ l वास्तवमा मनको शान्ति हुनु नै आनन्द प्राप्त हुनु हो।यो नै योग चिकित्साको प्रमुख उद्देश्य हो।
४. होशको अभ्यास
यो समग्र योग चिकित्साको अभ्यास पनि हो। यसको प्रयोग पाश्चात्य जगतमा माइन्डफुलनेस मेडिटेसनका रुपमा गरिँदै आएको छ जुन गौतम बुद्ध तथा गोरखनाथले ध्यानका प्रमुख तरिकामा प्रयोग गरेका थिए। यसमा प्रत्येक क्षण विगत तथा भविश्यप्रति मुल्याङ्कन विनै वर्तमानमा क्षण क्षणप्रति होसको अभ्यास गरिन्छ।जब वर्तमानमा जिउने कला सिकिन्छ तब नसर्ने रोगसँग सम्बन्धित अधिकाँश 18 जन्य कारणबाट मुक्त हुन सकिन्छ l यसको चिकित्सकीय प्रयोगका बारेमा धेरै अनुसन्धान भइ विभिन्न अस्पतालमा प्रयोग समेत भैसकेका छन्। यसबाट मन शान्त भई शरीरमा प्रत्यक्ष असर पर्दछ। सधैभरी होशमा रहिरहिने हुनाले 18जन्य रोगका प्रमुख कारणको रुपमा रहेका अस्वस्थकर व्यवहारको व्यक्ति स्वयंबाटै नियन्त्रण हुन सक्छ। फलस्वरुप नसर्ने रोगमा फाइदा हुन्छ। त्यस्तै नसर्ने रोग भैसकेको अवस्थामा पनि रोगको असर कम गरी जीवनको गुणस्तर बढाउन सकिन्छ।
५. विसर्जन तथा समग्रताको स्वीकारोक्ति
आफ्नो सधैभरि आनन्दमा रहने स्वभावलाई विर्सेर हामी विशिस्ट/विजयी बन्ने दौडमा छौं l फलस्वरूप हाम्रो चेतना संक्रिण भइ सधैंभरि तनावको अवस्था उत्पन्न हुन्छ l यस्तो तनाबबाट मस्तिष्कको लिम्बिक कर्टेक्समा अत्यधिक सक्रियता बढी स्नायु प्रणाली खराब भइ नसर्ने रोग उत्पन्न हुन सहयोग पुग्दछ l त्यस्तै तनावको अत्यधिक प्रतिक्रियाबाट उत्पन्न हुने दम, माइग्रेन, अम्लपित्त, मानसिक विचलन आदि तथा अटो इम्युन डिजिजलाई समेत योगबाट फाइदा हुन्छ l यसका लागि जीवनको अनावश्यक दौडको विसर्जन गरि समग्र जीवनको स्वीकार गर्नुपर्छl त्यस्तै कर्मफल बिनाको सामाजिक सेवा, भजन, कृतन, नृत्यबाट तनावको विसर्जन तथा जीवनको अन्त्यहिन दौड समाप्त भइ मस्तिष्कमा शान्ति उत्पन्न हुन्छ l यस्तो विसर्जन तथा स्वीकारोक्तिबाट हर्ट रेट भर्टिबिलिटी (जसको विकृति नसर्ने रोगमा कारण बन्दछ)मा पनि सकारात्मक असर पार्दछl
तसर्थ वर्तमान परिप्रेक्ष्यमा योगमा आधारित 18को प्रयोग गरि नसर्ने रोगको रोकथाम तथा उपचार गर्न यौगिक 18 केन्द्र वा अस्पतालमै योग अंगको विकास गर्नु आवश्यक छ l यसका लागि सम्बन्धित सबैले पहल गर्नुपर्छl
(योग तथा पुनस्थापना विशेषज्ञ घिमिरे राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द, कीर्तिपुरमा कार्यरत छन्)