काठमाडौं- युवा नर्सहरुको संगठन वाई नानको आव्हानमा आज बुधवार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म नर्सहरुले र्याली गरेका छन् । एक हप्तादेखि अस्पतालमा आन्दोलन गरिरहेका उनीहरुले त्यसको सुनुवाई नभएको भन्दै सडडकमा उत्रिएका हुन्। ११ बुँदे माग अघि सार्दै नर्सहरु आन्दोलनमा छन्।
र्यालीपछि कोणसभामा नर्स विमला धमलाले नर्सहरुमाथि भइरहेको शोषणविरुद्ध युवा नर्सहरु जागरुक हुन जरुरी रहेको बताइन्। ‘अहिलेको आन्दोलन हाम्रो भविष्यका लागि हो, त्यसैले हामीले जुनसुकै हालतमा यो आन्दोलनबाट हाम्रा माग पुरा गराएरै छाड्नुपर्छ,’ उनले भनिन्।
नर्स दुर्गा सापकोटाले आफूहरु बाध्य भएर सडकमा आउनु परेको बताइन्। उनले अहिलेसम्म नर्सहरु एकजुट नभएकै कारण अन्यायमा परिरहेको भन्दै उनले सबैलाई एकजुट हुन पनि आह्वान गरिन्।
नेपाल 4 संघकी उपाध्यक्ष अप्सरा पाण्डेले अाफू सधैं युवा नर्सहरुका पक्षमा रहेको बताउँदै पेशागत हकहितमा सक्रियता बढाउन अाग्रह गरिन् । उनले भनिन्, 'हाम्राे अान्दाेलन नर्सका लागि मात्रै हाेइन । तीन करोड नेपालीका लागि हाे । किनकी हामीले अघि सारेका माग सम्बाेधन भए मात्रै गुणस्तरीय स्वास्थ्यकाे अपेक्षा गर्न सकिन्छ ।'
आन्दोलनरत नर्सहरुले तीन दिनदेखि तीन घन्टा ड्युटी छाडेर आन्दोलन गरिरहेका छन् । त्यसैगरी बिशिबार, शुक्रबार र शनिबार सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन्।
उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका 4 कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको 4 सेवा महाशाखा पुनर्स्थापना, जनतालाई गुणस्तरीय 4 सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू लगायत ११ वटा माग छन्।
त्रिवि चिकित्साशास्त्र अध्यन संस्थानका स्ववियु सभापति मिलन गैरे र युथ डक्टर्स अलायन्सका डा घनश्याम पाण्डेले पनि नर्सहरुको आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको बताए।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)