काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित पुनर्वहाली हुने स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएपछि नर्सहरुले त्यहाँ पुगेर खुशी मनाएका छन् । बिहीवार राति नै त्यहाँ पुगेर उनीहरुले पिडित नर्सहरु त्रजिना जति, सपना द्यौला र सजना द्यौलासँग खुशी बाँडेका हुन्।
स्वास्थ्य मन्त्रालयमा राति ८ बजे सहमति भएपछि नेपाल 4 संघ, वाइ नान, जिफन्ट, सोही केन्द्रको कर्मचारी युनियनका पदाधिकारी र आन्दोलनमा सक्रिय सहभागिता जनाएका केही नर्सहरु त्यहाँ पुगेका थिए।
सहमतिमा मानव अंग प्रत्यारोपण केन्द्रबाट करार सेवामा रहेका दुई जना स्टाफ नर्सहरु त्रजिना जति र सजना द्धौलालाई प्रक्रिया नपुगी निष्काशन गएिकाले पुनः सेवामा लिनुका साथै उनीहरुलाई यसअघि खाइपाइ आएको मासिक तलब स्केलको ७५ प्रतिशतले हुन आउने रकम उपलब्ध गराउने भनिएको छ । साथै आन्दोलनरत सपना द्यौला समेतलाई २४ घन्टाभित्र उक्त केन्द्रको बोर्डको अधिकार क्षेत्र अनुरुप ३ महिनाका लागि करार सेवामा कामकाज गर्न निर्देशन दिन सिफारिस गर्ने उल्लेख गरिएको छ।
देशभरिकै नर्सहरु पिडित भएपनि बोल्ने हिम्मत केन्द्रका नर्सहरुले देखाएको भन्दै संघका पदाधिकारीहरु सहमति पछि त्यहाँ पुगेका हुन् । सहमतिपछि संघकी अध्यक्ष गंगा थापाले भनिन्, ‘उनीहरुले बलियो भएर लडेका कारण हामी अहिले समग्र 4 क्षेत्रकै विकासका लागि सरकारसँग सहमति गर्न सफल भएका छौं ।’




