नयाँदिल्ली– सामाजिक क्षेत्रमा राम्रो काम गरेको भन्दै पद्मश्री पुरस्कार सुभाषिनी मिस्त्रीलार्इ दिइएको छ । जसले तरकारी बेचेर गरिबका लागि अस्पताल बनाएकी छिन्।
पश्चिम बंगालकी सुभाषिनी यस्ती महिला हुन्, आफ्नो जीवनको महत्वपूर्ण समय गरिबीमै गुजारिन् । तर आफू गरिब रहेपनि उनले अरुको सेवा गरिन् । उपचार नपाएर श्रीमानको मृत्यु भएपछि उनलार्इ अस्पताल बनाउने सपना थियो जुन उनले तरकारी बेचेर र जुत्ता पालिस गरेर कमाएको पैसाले पूरा गरिन्।
उनको १९४३ मा बंगालमा जन्म भएको थियो । उनको १४ भार्इ बहिनी मध्ये ७ को अकालमै ज्यान गयो। उनको बिबाह सानै उमेरमा भयो। सन् १९७१मा सुभाषिनीका पतिको उपचार नपाएका कारण मृत्यु भयो। त्यसपछि गरिब सुभाषिनीमाथि चार सन्तानको जिम्मेवारी आइलाग्यो।
यससँगै पतिले उपचार नपार्इ संसार छाडेका कारण उनले अस्पताल बनाउने सोचिन् । करिब २० वर्षपछि १९९२ मा सुभाषिनीले भारतको हंसपुकुर गाउँ फर्केर १० हजार रुपयाँमा एक एकड जमिन किनिन्। उनले अस्थायी उपचार क्याम्प सुरु गरिन् र लाउडस्पिकरको सहयोगले शहरमा डाक्टरलार्इ निःशुल्क सेवाका लागि अनुरोध गरिन्। पहिलो दिन त्यहाँ २ सय ५२ को उपचार भयो। अहिले यही अस्पताल लगातार अघि बढिरहेको छ । यहिले यो ९ हजार स्क्वायर फिटमा बनेको छ।
सुभाषिनी अब २४ घन्टे सुविधा दिन चाहन्छिन्। जहाँ गरिब निःशुल्क उपचार पाउँछन्। गरिबीका रेखा भन्दा माथिकाबाट ओपिडि शुल्क १० रुपैयाँ लिइन्छ।
आजतक डटकमबाट अनुदित