काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन र रेक्टर नियुक्त गरिएको छ । स्वास्थ्य मन्त्री दीपक बोहराले विहीबार मन्त्रीस्तरीय निर्णय मार्फत डीनमा प्राडा रितु बराल र रेक्टरमा प्राडा रतिन्द्र नाथ श्रेष्ठ नियुक्ति गरेका छन् । रजिष्टार भने आइतबार मात्रै नियुक्त गरिने बताइएको छ।
डीनमा नियुक्त भएकी डा बराल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्याथोलोजिष्ट हुन् । रेक्टर डा श्रेष्ठ भने त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व सहायक डीन हुन् ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।