काठमाडौं– निजी मेडिकल कलेजहरुले निर्धारित शुल्क भन्दा बढी रकम असुलेको भन्दै विद्यार्थीहरुले र्याली निकालेका छन्। सोमबार माइतिघर मण्डलाबाट निकालिएको र्यालीमा उनीहरुले 'हामी बैंक होइन, विद्यार्थी हौं' भन्दै नाराबाजी गरेका छन् ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका मेडिकल कलेजहरुमा एमबिबिएस भर्ना हुँदा चलिरहेको मेडिकल कलेजहरुले विभिन्न शीर्षकमा तोकिएको भन्दा बढी शुल्क असुलेको उनीहरुले बतएका छन् । उक्त गुनासोपछि आइओएमले अतिरिक्त शुल्क लाग्ने शीर्षक नै तोकिदिएको छ। आइओएम डिन कार्यालयले जारी गरेको सूचना अनुसार कलेजहरुले परीक्षा शुल्क, छात्राबास शुल्क र खाना शुल्क मात्र थप लिन पाउनेछन्।
कलेजहरुले अतिरिक्त शीर्षक बनाएर विद्यार्थीबाट थप रकम लिन कोसिस गर्दै आएको महाराजगञ्ज मेडिकल क्याम्पसका स्ववियु सभापति डा मिलन गैरे बताउँछन्। कतिले वार्षिक शुल्क, सुरक्षा शुल्क, इन्टर्नसिप शुल्क, फिल्ड भिजिट जस्ता शीर्षक राखेर विद्यार्थीसँथ रकम मागेको डा गैरेले बताए।
त्यसबाहेकका शीर्षक सरकारले निर्धारण गरेको शुल्कमै समेटिने बताइएको छ। सरकारले विद्यार्थीसँग उपत्यकाभित्रका मेडिकल कलेजमा ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ।
.JPG)
.JPG)
.jpg)