काठमाडौं– अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौंका विभिन्न अस्पतालमा आफूलाई डाक्टर बताएर काम गरिरहेका अमेरिका, अस्ट्रेलिया र चीनका नागरिक पक्राउ परेका हुन्।
राजधानीको ठमेलस्थित एपोलो क्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल, सिम्रिक अस्पताल लगायतमा उनीहरुले काम गरिरहेको बुझिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।
अनुसन्धान जारी रहेको र छानबिनपछि मात्र पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिने सिआइबीका प्रमुख डिआइजी पुष्कर कार्कीले बताए।
पक्राउ परेका उनीहरु मध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन् । विदेशी डाक्टरले नेपालमा चिकित्सकीय अभ्यास गर्न काउन्सिलका नियम अनुसार अनुमति लिनुपर्छ। उनीहरुले चिकित्सा अध्ययन पनि नगरेको हुन सक्ने देखिएको डिआइजी कार्कीले बताए।