काठमाडौं– प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै तनहुँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरिएको छ । डा गोविन्द केसीका तर्फबाट प्रीतम सुवेदी र शशि बीक्रम कार्कीले निवेदन दर्ता गराएका हुन् ।
न्यायाधीश पराजुलीले २०३० साल साउन २१ गते उमेर २१ वर्ष कायम गरिएको नागरिकता लिएको देखिएको छ । सोही नागरिकताको जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रतिलिपी लिँदा फरक फरक उमेर पारिएको दर्ता निवेदनमा उल्लेख छ । नागरिकको सूचनाको हक अनुसार सो सम्बन्धि सूचना उपलब्ध गराइदिन भनिएको छ । यसअघि सोही व्योहोराको निवेदन जिल्ला प्रकाशसन कार्यालय काठमाडौं दर्ता गराइसकेका छन् ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।