काठमाडौँ – हेल्थ असिस्टेन्टहरुले आफ्नो योग्यता अनुसार जिम्मेवारी पाउनुपर्ने माग सहित काठमाडौंमा भेला भएका छन् । हेल्थ असिस्टेन्स संघ नेपाल (हान)को आयोजनामा प्रथम राष्ट्रिय अन्तरक्रिया तथा प्रशक्षण कार्यक्रम काठमाडौँमा आइतबारबाट सुरु भएको छ।
अदुईदिने सम्मेलनमा देशभरिका करिब ४ सय हेल्थ असिस्टेन्सले सहभागिता जनाएका छन्। कार्यक्रमा हेल्थ असिस्टेन्टहरुका विभिन्न समस्या र विषयमा छलफल गरिने कार्यवाह अध्यक्ष दीर्घबहादुर बोगटीले जानकारी दिए।
कार्यक्रमा बोल्दै हानका उपाध्यक्ष मेघनाथ चापागाईंले आफ्नो पद अनुसारको जिम्मेवारी नभएको गुनासो गरे । उनले भने, ‘संघीय संरचनाअनुसार स्वास्थ्य मन्त्रालयले बनाएको अवधारणा हामीलाई चित्त बुझेको छैन । त्यसलाई सच्याउनु पर्छ । हाम्रा मागहरुको सम्बोधन नभएसम्म हामीले गुणस्तरीय सेवा दिन सक्दैनौं।’
यसैगरी नेपालमा उत्पादित हेल्थ असिस्टेन्सहरुको उचित व्यवस्थापनमा राज्य उदासिन रहेको हेल्थ असिस्टेन्सहरुको धारणा छ । हाल ४७ कलेजबाट वार्षिक १ हजार ९ सय २ जनाले हेल्थ असिस्टेन्स पास गरिरहेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुसिल प्याकुरेलले अहिले आइरहेका यी समस्याको समाधानका लागि काम सुरु भइसकेको बताए । उनले भने, ‘हामी स्वास्थ्य सेवाम उत्पन्न विभिन्न समस्याह र संघीय संरचना अनुसार दिइने जिम्मेवारीका विषयमा गम्भीर छौं । त्यसका लागि कार्यदल बनाएर दीर्घकालिन समाधान खोजिरहेका छौं ।’
नेपालमा १२ हजार ७ सय ५० जना हेल्थ असिटेन्सहरु कार्यरत रहेको बताइएको छ।