काठमाडौं– राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट पास हुनुका साथै रिक्त सदस्य पद समेत पूर्ति गरिएको छ । सोमबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रतिष्ठानको प्रथम सभा बैठकले यस्तो निर्णय गरेको हो।
बहुवर्षीय योजनाका लागि १३ अर्ब ४५ करोड रुपैयाँ पारित भएको छ । सभाबाट आर्थिक वर्ष २०७४/७५ का लागि मात्रै ७८ करोड ३३ लाख ८० हजार १ सय ५० रुपैयाँ बजेट पारित भएको छ।
प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले रिक्त सदस्य पद समेत पूर्ति गरेको छ।
सदस्यमा देवनारायण चौधरी, उद्योग वाणिज्य महासंघी अध्यक्ष भवानी राणा, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा सुरेश कनौडिया, प्रा डा सलमा अन्सारी, विसु प्रसाद सुवेदी र नवराज ढकाललाई सदस्यमा मनोनयन गरेको हो।
केही समयअघि मात्रै उपकुलपतिमा डा संगिता भण्डारी, रेक्टरमा डा रतीन्द्रनाथ श्रेष्ठ, डिनमा डा रितु शर्मा बराल र रजिष्ट्रारमा राम प्रसाद प्याकुरेल नियुक्त भएका थिए ।

